काठमाडौं, साउन ८ । पूर्व मुख्यसचिव लिलामणि पौडेलले लामो समयदेखि विवादमा रहेको नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक संसदबाट पारित गरेकोप्रति आपत्ति जनाएका छन्। उनले नागरिकता जस्तो संवेदनशील विधेयक दफावार छलफल नगरी पास गर्नु आपत्तिजनक भएको बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा पौडेलले लेखेका छन्, ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको […]