हनुमानढोका दरबार क्षेत्रको प्रतिष्ठा जोखिममा

हनुमानढोका दरबार क्षेत्रमा १९९० सालअघिसम्म तीनतले सत्तल थियो । नब्बे सालको भूकम्पले सत्तल भत्किएपछि त्यो पुनर्निर्माण हुन सकेन । विशाल मूर्ति कालभैरवको पश्चिमपट्टि साढे २ दुई रोपनी जमिनमा २०१५ सालमा प्रहरी भवन बन्यो । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार क्षेत्रमा रहेको जिल्ला प्रहरी परिसर कार्यालय टेकुमा सारियो ।

सम्बन्धित सामग्री

तलेजु भवानीको मूर्तिलाई भित्र्याइयो हनुमानढोकाको मन्दिरमा

काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा हनुमानढोकाबाट लगिएको तलेजु भवानीको मूर्ति शुक्रवार राति हनुमानढोकास्थित मन्दिरमा पुनःस्थापना गरिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पशुपति क्षेत्रमा भव्यरूपमा मनाइने यो जात्रामा बाह्य एवं आन्तरिक पर्यटकको पनि भीड लाग्ने गर्छ। दुई विश्व…

पर्यटकीयस्थलमा विशेष सरसफाई अभियान थालियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन् । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए । अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, बसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । 'पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल- ग्रीन नेपाल अभियान' नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो । संस

पर्यटनमन्त्री श्रेष्ठले सुरु गरे पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन्।  सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए। अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो। पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल–ग्रीन नेपाल अभियान नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो।सं

वसन्तपुर क्षेत्रमा छरपस्ट निर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्।यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेकाले त्यस्ता सामाग्री तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्। इन्द्रजात्राको तयारीबारे बुझ्न आज हनुमानढोका दरबार क्षेत्र निरीक्षणमा गएका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहा

हनुमानढोका दरबार क्षेत्रमा बढ्यो विदेशी पर्यटकको चहलपहल

पुस १४, काठमाडौं । कोरोनाको जोखिम कम भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना जोखिम कम हुँदै गएपछि गत साउन महीनादेखि हनुमानढोका दरबार क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो ।  साउन महीनामा दक्षिण एशियाली देशका ११ र अन्य देशका ३८ गरी ४९ पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आएका थिए । भदौ महीनामा अन्य देशका ७१ र दक्षिण एशियाली देशका ३० गरी १०१ पर्यटक आएको काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले जानकारी दिए । असोज महीनामा भने हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको थियो । असोजमा अन्य देशका ४७२ र दक्षिण एशियाली देशका १४९ गरी ६२१ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । असोजको तुलनामा कात्तिकमा दरबार क्षेत्रमा विदेशी पर्यटकको संख्या तीन गुणाले बढ्यो ।  कात्तिकमा अन्य देशका एक हजार ५१८ र दक्षिण एशियाली देशका ५८५ गरी दुई हजार १०३ विदेशी पर्यटक दरबार क्षेत्रमा आएका छन् । कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोन फैलन थालेकाले मंसिरमा भने पर्यटकको संख्या केही घटेको छ । मंसिरमा अन्य देशका एक हजार २२० र दक्षिण एशियाली देशका ६५३ गरी एक हजार ८७३ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । हनुमानढोका दरबार क्षेत्र भ्रमण गर्न आउने सार्क र बिम्स्टेक देशका नागरिकका लागि रू. १५० शुल्क लिइन्छ । अन्य देशका नागरिकलाई भने रू. एक हजार लिने गरिएको लेखा अधिकृत खुयाजुले जानकारी दिए । पर्यटकबाट आर्थिक वर्ष २०७५/२०७६ मा रू. १८ करोड ७२ लाख २५ हजार ४५० आम्दानी भएको थियो । कोरोनाका कारण आव २०७६/२०७७ मा रू. ११ करोड ९९ लाख ६० हजार ५६० शुल्क उठेको छ । कोरोनाको सबैभन्दा धेरै प्रभाव आव २०७७/२०७८ मा परेको देखिन्छ । यो वर्ष रू. १३ लाख ५८ हजार ४५० मात्र शुल्क उठेको कार्यालयले जानकारी दिएको छ ।  चालू आर्थिक वर्ष मंसिर मसान्तसम्म रू. ३६ लाख शुल्क उठेको छ । विदेशी नागरिकलाई टिकट दिन कार्यालयले ६ ओटा काउन्टरको व्यवस्था गरेको छ । जुद्ध सालिक, झोँछे, दशअवतार मन्दिरअघि, सिंहसत्तल, प्याफल र मक्खन पशुपति मन्दिर छेउमा गरी ६ ओटा काउन्टरले विदेशी पर्यटकलाई टिकट दिएर मात्र हनुमानढोका दरबार क्षेत्र प्रवेश गराउँछन् । रासस

हनुमानढोका दरबार क्षेत्र २९ सम्पदाको पुनर्निर्माण

काठमाडौं, कात्तिक १४। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका भूकम्पबाट क्षतिग्रस्त २९ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये अहिले २३ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले हनुमानढोका दरबार क्षेत्रका सम्पदाको ८० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसकेको […]

हनुमानढोकामा रहेको शार्दुल जंग गुल्ममा टीकाको दृश्य

काठमाडौं : हनुमानढोका दरबार क्षेत्र भित्र रहेको शार्दुल जंग गुल्ममा तैनाथ सेनाका अधिकारीहरुले विजयादशमी मनाएका छन्। गुल्ममा टीका र प्रसाद ग्रहण गरी उनीहरुले विजयादशमी मनाएका हुन्। यो पनि पढ्नुस : गुरुज्यूको पल्टन : अंग्रेजसँग युद्ध जितेको त्यो टुकडी जो अहिले बजाउँदैछ धिमे र भुस्या गुल्मपति अशिम श्रेष्ठले गुल्ममा रहेका सैनिकहरुलाई…

इन्द्रजात्राका दुई केन्द्र- काठमाडौंमा आकाश भैरव, भक्तपुरमा हाथुद्यः

काठमाडौँ– आज इन्द्रजात्रा । यो जात्रा विशेषतः काठमाडौँको प्रमुख जात्रा हो। काठमाडौंमा पनि इन्द्रजात्रा हनुमानढोका दरबार क्षेत्र वरिपरिमात्रै केन्द्रित छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको आकाश भैरवको अजंगको मुखाकृति इन्द्रजात्राको मुख्य आकर्षण हो। इन्द्रजात्राको अवसरमा आकाश भैरवको मुखबाट जाँड खन्याउने र उक्त जाँड खान भक्तजनहरुबीच तँछाडमछाड नै हुन्छ। आकाश भैरव देवताको प्रसादको रुपमा उक्त जाँड खाने […]

जीवन्त संग्रहालय हनुमानढोका दरबार क्षेत्र

काठमाडौँको मुटुमा रहेको हनुमानढोका दरबार क्षेत्र हजारौँ वर्षअघिको नेवारी कला र संस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि जीवन्त संग्रहालयका रुपमा छ। पूर्वमा महाँकाल, संकटा तथा भद्रकाली मन्दिर, पश्चिममा काष्ठमण्डप तथा मरुहिटी, दक्षिणमा जैशीदेवल तथा उत्तरमा सेतो मच्छिन्द्रनाथको मन्दिर रहेको सो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र पनि हो। यही क्षेत्रमा विश्व प्रसिद्ध ‘जीवित देवी’ कुमारी पनि छिन्। वर्षेनी…