पर्यटनमन्त्री श्रेष्ठले सुरु गरे पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन्।  सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए। अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो। पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल–ग्रीन नेपाल अभियान नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो।सं