प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगबारे छलफल गर्न आइतबार दिन र समय तोकिने
काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ। आइतबार दिउँसो १ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथि छलफल हुने दिन र समय तोक्ने कार्यसूची रहेको छ।
काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचनको मिति तोकिने भएको छ । आज बस्ने संसद बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामापछि प्रतिनिधिसभामा उपसभामुख पद खाली छ ।
नेपाल आयल निगमले घरायसी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा असारभित्रै छुट्टाछुट्टै मूल्य तोक्ने भएको छ । औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिन सकिने सम्बन्धमा अध्ययन...
काठमाण्डौ – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्या एलपी ग्यासमा छिट्टै दुई थरी मूल्य तोक्ने बताउनुभएको छ ।
इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन आज सोमवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले आयल निगमले छिट्टै ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य तोकेर जाने बताउनुभयो ।
औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने पनि कार्यकार...
काठमाडौं : आगामी स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र तोकिने विद्यालय तीन दिन बन्द रहने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान केन्द्र कायम भएका विद्यालय वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जानकारी दिएको हो। केन्द्रले बिहीबार सूचना जारी गरि ३ दिन उक्त विद्यालयमा वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बन्द गर्न माग गरे अनुसार
काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने भएको छ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियाेगबारे छलफल हुने दिन र समय तोक्नुहुनेछ ।
जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख स...
२७ फागुन, काठमाडौं । प्रतिनिधिसभामा प्रधान न्याायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने समय आउँदो आइबार तोकिने भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आइतबार महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोकिनेछ । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने छन् । यही फागुन […]
सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारीसाधनको नयाँ भाडादर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारीसाधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको हो । यातायात क्षेत्रलाई मर्यादित एवं व्यवस्थित बनाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार बसेको सरोकारवालाको बैठकले जिल्लाभर लागू हुनेगरी सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्न लागिएको बताएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विभिन्न समयमा सार्वजनिक यातायातका सवारीसाधनले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो आएपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको बताए ।
यातायात क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने जिम्मेवारी सबैको उत्तिकै भएको उनको भनाइ छ । बैठकमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईंले तीन दिन पहिले गरिएको अनुगमनका क्रममा अधिकांश सार्वजनिक सवारीसाधनले मनमानी भाडा असुलेको, सीट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको, सवारीसाधनमा आफूखुशी संरचना बनाएको, सवारीसाधनको आवश्यक कागजात साथमा नराख्ने गरेको, रूट परमिट नभएका सवारीसाधनले समेत सवारी बोकेको, सवारी साधन दुरुस्त नराखेकोलगायत समस्या पाइएको बताए । दुईदिने अनुगमनका क्रममा ५०० सवारीसाधनको चेकजाँच गर्दा ४९ ओटा कारबाहीमा परेको उनले जानकारी दिए ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सार्वजनिक सवारीसाधनहरूमा नियम कानून कार्यान्वयन तुलनात्मक रूपले सुधारोन्नमुख रहे पनि अझै पर्याप्त हुन नसकेको बताए । ट्राफिक नियम कार्यान्वयनका लागि यातायात क्षेत्रका संघसंस्था, सवारीचालक तथा कर्मचारी समेत जिम्मेवार बन्न आवश्यक रहेको उनले औंल्याए । बैठकमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई सार्वजनिक यातायातमा नियम अनुसार छूट दिनुपर्ने माग अधिकारकर्मीहरूले राखेका थिए । सार्वजनिक यातायात क्षेत्रका संघसंस्थाका प्रतिनिधिले भने कोरोनाकालमा यातायात क्षेत्र बढी धराशयी बनेको र अझै पनि व्यवसाय माथि उठ्न नसकेकाले विभिन्न समस्या झेल्नुपरिरहेको बताए ।
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा आउँदो शुक्रबार १८ भदौमा पेसी तोकिने भएको छ । सो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिदामा बस्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाइबाट आफूलाई अलग गरेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले पेसी तोक्ने र संवैधानिक इजलासको नेतृत्व गर्नेछन् । वरिष्ठ न्यायाधीश कार्कीको नेतृत्वमा अन्य चार जना न्यायाधीशसहितको […]
The post संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा प्रधानन्यायाधीशले नहेर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयले कतिवटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामर्थ्यमा भरपर्ने बताएका छन्। चिकित्सा सेवा आयोगको सातौं बैठकलाई सम्बोधन गर्दै आयोगका अध्यक्षसमेत रहेका उनले विश्वविद्यालयले कतिवटासम्म क्याम्पसको अनुगमन र परीक्षा सञ्चालन गर्न सक्छ भन्ने कुरा मूल्यांकन गरी सोहीअनुसार सम्बन्धन दिन पाउने गरी कोटा तोकिने बताएका हुन्।