सुर्खेतमा सवारीसाधनको नयाँ भाडादर तोकिने

सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारीसाधनको नयाँ भाडादर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारीसाधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको हो । यातायात क्षेत्रलाई मर्यादित एवं व्यवस्थित बनाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार बसेको सरोकारवालाको बैठकले जिल्लाभर लागू हुनेगरी सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्न लागिएको बताएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विभिन्न समयमा सार्वजनिक यातायातका सवारीसाधनले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो आएपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको बताए । यातायात क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने जिम्मेवारी सबैको उत्तिकै भएको उनको भनाइ छ । बैठकमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईंले तीन दिन पहिले गरिएको अनुगमनका क्रममा अधिकांश सार्वजनिक सवारीसाधनले मनमानी भाडा असुलेको, सीट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको, सवारीसाधनमा आफूखुशी संरचना बनाएको, सवारीसाधनको आवश्यक कागजात साथमा नराख्ने गरेको, रूट परमिट नभएका सवारीसाधनले समेत सवारी बोकेको, सवारी साधन दुरुस्त नराखेकोलगायत समस्या पाइएको बताए । दुईदिने अनुगमनका क्रममा ५०० सवारीसाधनको चेकजाँच गर्दा ४९ ओटा कारबाहीमा परेको उनले जानकारी दिए । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सार्वजनिक सवारीसाधनहरूमा नियम कानून कार्यान्वयन तुलनात्मक रूपले सुधारोन्नमुख रहे पनि अझै पर्याप्त हुन नसकेको बताए । ट्राफिक नियम कार्यान्वयनका लागि यातायात क्षेत्रका संघसंस्था, सवारीचालक तथा कर्मचारी समेत जिम्मेवार बन्न आवश्यक रहेको उनले औंल्याए । बैठकमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई सार्वजनिक यातायातमा नियम अनुसार छूट दिनुपर्ने माग अधिकारकर्मीहरूले राखेका थिए । सार्वजनिक यातायात क्षेत्रका संघसंस्थाका प्रतिनिधिले भने कोरोनाकालमा यातायात क्षेत्र बढी धराशयी बनेको र अझै पनि व्यवसाय माथि उठ्न नसकेकाले विभिन्न समस्या झेल्नुपरिरहेको बताए ।

सम्बन्धित सामग्री

ट्याक्सीमा नयाँ भाडादर लागू

बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण बागमती प्रदेशभित्र सञ्चालन हुने ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार यसअघि सुरु (फ्लाग डाउन)मा १४ रुपियाँ रहेको भाडादर बढेर ५० रुपियाँ पुगेको छ । त्यसमा प्रतिदुई सय मिटरमा १० रुपियाँका दरले भाडादर ब

गमगढीदेखि ताल्च सम्म भाडादर घट्यो

मुगु – सदरमुकाम गमगढी बजारदेखि ताल्चसम्मको भाडादर घटेको छ । गमगढीदेखि ताल्चसम्मको जिप भाडादर अत्याधिक रूपमा बढी भएकाले पछिल्लो समयमा जनगुनासो आएको हुँदा उक्त जनगुनासोलाई मध्येनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनाकमा बसेको सर्वदलीय बैठकले भाडादर निर्धारण गरेको हो ।विगतका दिनहरुमा गमगढी बजारदेखि ताल्चसम्मको कच्ची सडकको भाडादर ५ सय रहेको थियो भने यसलाई परिमार्जन […]

गण्डकी प्रदेश सरकारले पनि यातायातको भाडादर तोक्ने

प्रदेशस्तरमा पहिलोपटक भाडादर तोक्न लागिएको हो। यसअघि संघ सरकारले मात्रै भाडादर तोक्दै आएको थियो।...

बुद्ध एयरले झन्डै आधा घटायो डलर हवाई भाडादर, यस्तो छ नयाँ भाडादर

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले विदेशी पर्यटकका लागि लिँदै आएको हवाई भाडादर घटाएको छ। विदेशीका लागि निर्धारित डलर भाडादर लगभग आधाले घटाएको बुद्ध एयरले जनाएको छ। नेपाली र भारतीय हवाई यात्रुका लागि सजिलो र सहज भाडादर भएपनि विदेशी पर्यटकको हकमा डलरमै भाडा तिर्नुपर्ने प्रावधान रहेको छ। लामो समयदेखि रहेको गुनासोलाई सम्बोधन गर्दै बुद्ध एयरले ५४औं वार्षिकोत्सवको समयमा डलर भाडादर घटाएको छ। यसअघि पोखराका लागि १०६ अमेरिकी डलर तोकिएकामा जनवरी २०२२ देखि लागु हुने गरि ६५ अमेरिकी डलरमा झारिएको छ। अन्य गन्तव्य...

रुकुम पश्चिममा सवारी साधनको नयाँ भाडादर

रुकुम पश्चिममा सवारी साधानको नयाँ भाडादर तोकिएको छ । केही दिनअघि बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भाडादर समायोजन गरेको हो । २०७८ असार २९ गते यातायात व्यवस्था विभागले परिमार्जन गरेको भाडाअनुसार जिल्लाभित्र पनि भाडा समायोजन गरिएको छ ।जिल्लामा पछिल्लो पटक गत वर्ष माघ ११ गते भाडादर समायोजन गरिएको थियो । इन्धनमा भएको मूल्य वृद्धि […]

बुद्ध एयरले घटायो आवासीय भाडादर

बुद्ध एयरले आवासिय भाडादर घटाएको छ। ६ महिनादेखि नेपालमा बसोबास गर्दै आएका विदेशिहरुको हकमा बुद्ध एयरको रेसिडेन्सियल (आवासिय) हवाई भाडादर सस्तिएको हो।

देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयन

काठमाण्डाै – सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो । विगतमा सार्वजनिक गाडीको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।  अहिले पेट्रोल र डिजलको मूल्यसमेत बढेको छ  । भाडा निर्धारण  गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’मा इन्ध...

सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक (सूचीसहित)

सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ ।तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर शुक्रबार सार्वजनिक गरिएको हो ।सरकारले उक्त बैठकबाट २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो । यस्तो छ सार्वजनिक नयाँ भाडादर (सूची)

बढेकाे भाडादर सार्वजनिक (सूचीसहित)

काठमाडौं : सरकारले हालै वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ। जाँदाजाँदै सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो।यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेको नयाँ भाडादर अनुसार सबै भन्दा धेरै काठमाडौंदेखि बाजुरा सदरमुकाम मार्तडी सम्म पाँच सय ७६ रुपैयाँ भाडा बढेको छ।तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट असार २७ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गर्ने निर्णय गरिएको थियो। मालवाह

रेलका लागि भाडादर प्रस्ताव !

काठमाण्डाै : कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । यस रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर ७५ रुपैयाँ प्रस्ताव गरिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो । अरू सवारीसाधन जति नै हुने गरी भाडादर प्रस्ताव गरिएको उहाँले बताउनुभयो । सामान्यभन्दा डिलक्स सिटका लागि भने महँगो भाडा पर्नेछ ।&...