गोली प्रहार गरी सर्लाहीमा एक युवकको हत्या

सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहार गरी एक युवकको हत्या गरिएको छ। बुधबार साँझ करिब ७ बजे मलंगवा नगरपालिका–९ रिङरोडमा मोटरसाइकलमा सवार भारतीय नागरिक ३५ वर्षीय इन्दल महतोलाई गोली प्रहरी गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।कृष्णामति माविको पूर्वी कम्पाउण्ड र रिङरोडभित्र एउटै मोटरसाइकलमा चढेर आएको तीनजनाले महतोमाथि गोली प्रहार भएको प्रत्यदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। महतो भारतको विशनपुर गाउँका रहेको जिल्ला प्रहरी कार्

सम्बन्धित सामग्री

सुनसरीमा गोली प्रहार गरी एक युवकको हत्या

विराटनगर – सुनसरीको धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट घाइते भएका चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। मूलघाटबाट विराटनगर जाँदै थिए । चौधरीको साथमा भएको […]

धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक युवकको हत्या

काठमाडौं,५ साउन । सुनसरीमा गोली प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्लाको धरान तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एकजनाको हत्या भएको हो । हत्या हुनेमा मोरङको विराटनगर निवासी २८ वर्षीय रोहित चौधरी रहेका छन् । उनीमाथि धरान इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै […]

गोली हानी हत्या गरिएको अवस्थामा युवकको शव फेला

धनुषामा एक युवकको हत्या गरेको अवस्थामा शव फेला भएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित गहुँ खेतमा स्थानीय १८ वर्षीय विजय महराको शव बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले मृतक महराको बायाँ तर्फको निधारमा गोली प्रहार भएको देखिएको छ भने पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरी गहुँ खेतमा फालिएको अवस्थामा शव बरामद भएको हो । प्रहरी प्रवक्ता बस्नेतले प्रारम्भिक अनुसन्धानबाट महराको हत

इजरायली सेनाद्वारा गोली हानी एक प्यालेस्टिनी युवकको हत्या

एजेन्सी। इजरायली सेनाले गोली हानी एक जना प्यालेस्टिनी युवकको हत्या गरेका छन्। नब्लस सहरमा इजरायली सेनाले चलाइको गोलीबाट मोहम्मद फरिद हसनको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। हसन आफ्नो घरको छतमा रहेका बेला गोली हानेर हत्या गरेको अधिकारीहरुले बताएका छन्। इजरायली सेनाले भने सैनिकमाथि संदिग्ध विस्फोट पदार्थ फालेपछि गोली प्रहार भएको दाबी गरेको छ।

धनुषामा गोली प्रहार गरी युवकको हत्या

धनुषा : धनुषाको सबैलामा मंगलबार राति गोली प्रहारबाट एक युवकको हत्या भएको छ।  जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो। मण्डल शव बुधबार बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। कार्क...

गोली प्रहारबाट युवकको हत्या

जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रनाउ कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ ।