गोली हानी हत्या गरिएको अवस्थामा युवकको शव फेला

धनुषामा एक युवकको हत्या गरेको अवस्थामा शव फेला भएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित गहुँ खेतमा स्थानीय १८ वर्षीय विजय महराको शव बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले मृतक महराको बायाँ तर्फको निधारमा गोली प्रहार भएको देखिएको छ भने पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरी गहुँ खेतमा फालिएको अवस्थामा शव बरामद भएको हो । प्रहरी प्रवक्ता बस्नेतले प्रारम्भिक अनुसन्धानबाट महराको हत