राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको बताएका छन् । बिहीवार बसेको राप्रपा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै डा. लोहनीले राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनताले चाहेको बताए । उनले भने, ‘राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’ डा.लोहनीले भने ।‘काँग्रेस, एमाले र माओवादीको छ