गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा ३,तनहुँमा २, बागलुङ १ र नवलपरासी पूर्वमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा –१३ की ५४ वर्षीया महिला, पोखरा –११ की ९३ वर्षकी