नवाैंपटक जिब्रो छेड्ने तयारीमा बुद्धकृष्ण

भक्तपुर । आगामी वैशाख २ गते मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यस वर्ष स्थानीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौंपटक जिब्रो छेड्ने भएका छन् । श्रेष्ठले यसबारे जानकारी दिँदै बोडेको वर्षौंदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तयारी गरेको बताउनुभएको हो । प्राचीन जात्रामा बोडेका श्रेष्ठ जातिले मात्रै जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ । जात्रालाई लोप […]

सम्बन्धित सामग्री

यसरी भनाइयो भक्तपुरमा जिब्रो छेड्ने जात्रा

काठमाडौं। भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गर्नुभएको हो। नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । यसअघि, सुजका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आउनुभएको थियो।

मध्यपुर थिमिमा मनाइयो बिस्कासँगै जिब्रो छेड्ने जात्रा

काठमाडौं : बिस्का जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमि क्षेत्रमा आज हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइएको छ।मध्यपुर थिमिको टोल टोलबाट विभिन्न देवताका मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो। जात्रामा एकआपसमा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाइएको छ।भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको बोडेमा आज ‘जिब्रो छेड्ने जात्रा’ पनि मनाइएको छ। यो वर्ष बोडेका

भक्तपुरका बुद्धकृष्ण श्रेष्ठले ९ औं पटक छेडे जिब्रो (फोटोफिचर)

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाएका छन् । उनले जिब्रो छेड्नका लागि तीन दिन अघिदेखि केही नखाई व्रत बसेका थिए । श्रेष्ठले व्रत बसेदेखि जिब्रो नछेडेसम्म नुनसमेत खाएका थिएनन् ।जिब्रो छेड्ने पाँचौ गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले श्रेष्ठको जिब्रो छेडिदिएका थिए । एक महिना

बुद्धकृष्ण नवौं पटक जिब्रो छेडाउदै

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत […] The post बुद्धकृष्ण नवौं पटक जिब्रो छेडाउदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

नवौं पटक जिब्रो छेड्दै बुद्धकृष्ण बाग

काठमाडौं : बिस्का जात्रा अन्तरगत भक्तपुरको बोडेमा आज ‘मे प्वा खनिउ जात्रा’ अर्थात जिब्रो छेड्ने जात्रा हुँदैछ।यो वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले नवौं पटक जिब्रो छेड्दै छन्। त्यसका लागि उनी निराहारमा रहेका छन्। उनले पानी मात्र खाएर बसेका छन्र निरआहार बस्दा जिब्रोमा स्वाद नबस्ने र जिब्रो नरम हुने भएकाले उपवास बसेको उनको भनाइ छ। यो वर्षका लागि पनि बोडेको लाकुछेंका नकर्मीहरुले जात्रामा जिब्रो छेड्नकालागि ११ इन्चको नटुचा तयार पारेर राखेका छन् ।पेशाले एम्बुलेन्स चालक रहेका &nbs

आज भक्तपुरमा जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै श्रेष्ठ

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ । व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त ह

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

काठमाण्डाै - भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष आजका दिन बोडेमा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने चलन छ । यसपालि थिमि बोडेका ४९ वर्षका बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्दै हुनुहुन्छ । श्रेष्ठले यसभन्दा अघि ८ पटक जिब्रो छेडाउनु भएको थियो । बोडेमा वैशाख १ गतेको बेलुकीदेखि वैशाख २ गतेसम्म जात्रा हुन्छ । चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेडेर विधि पूरा नगरुञ्जेलसम्म निराधार बस्नुपर्ने परम्परा छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म ...

बुद्धकृष्णले आठौं पल्ट जिब्रो छेडे

काठमाडौं : भक्तपुर बोडेको प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा बुद्धकृष्ण वाग श्रेष्ठले आठौं पटक जिब्रो छेडेका छन्। मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि बुद्धकृष्णले जिब्रो छेडेका हुन्।४८ वर्षीय वुद्धकृष्णले विस २०७० सालदेखि जात्रामा जिब्रो छेडेका हुन्। जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन रहेको छ।गत वर्ष विश्व महामारीका रुपमा फैलिए

आज आठौंपटक जिब्रो छेडाउँदै बुद्धकृष्ण, 'जात्रापछि एम्बुलेन्सबाट निरन्तर सेवा'

हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट अर्थात वैशाख २ गते भक्तपुरको बोडेमा 'मे प्वा खनिउ जात्रा' (जिब्रो छेड्ने जात्रा) हुन्छ। गत वर्ष बुद्धकृष्ण बाग श्रेष्ठ आठौं पटक आफ्नो जिब्रो छेडाउन तयार थिए। तर कोरोनाले जात्रा रोकियो। पेशाले एम्बुलेन्स चालक उनी कोरोना संक्रमितलाई अस्पताल ल्याउनु पुर्‍याउने काममा सक्रिय भए। लकडाउन सुरु भएसँगै…

जिब्रो छेड्ने जात्रा : वैशाख २ मा छैटौं पटक जिब्रो छेड्दै बुद्धकृष्ण

भक्तपुर, चैत १७ – आउँदो वैशाख २ गते मध्यपुरथिमि नगरपालिका–८, बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यसवर्ष स्थानीय ४६ वर्षका बुद्धकृष्ण वागश...