खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मीलाई घरघरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर खस्ने समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि स्वाथ्यकर्मी खटाउन लागिएको हो । पाठेघरको उपचारका लागि नगरपालिकाले तीन चरणको कार्यक्रम तयार गरेको छ । पहिलो चरणअन्तर्गत शुक्रबार नगरपालिकाका ११ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ । […]