श्रमिक महिला र नेतृत्व तहमा महिला

विश्वमा जति क्रान्ति, सन्धि र सम्झौता भए तापनि विश्व सञ्चालन गर्ने तालाचाबी भनेको आजका दिनसम्म आइपुग्दा पनि पुरुषहरूकै खल्तीमा छ। नारीको पोल्टोमा भने केवल आश्वासन, कार्यान्वयनमा नआउने वा नगरिने कानुनी दस्ताबेजमा समेटिएका बुँदाहरू, निगाहस्वरूप प्रदान गरिने...

सम्बन्धित सामग्री

श्रमिक महिला दिवसमा महिला पत्रकार सम्मानित

लोकतान्त्रिक महिला संघले मङ्गलबार ११२ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सप्तरीका एक दर्जन महिला पत्रकारलाई सम्मान गरेको छ । लोकतान्त्रिक महिला संघ सप्तरी मधेश प्रदेशद्वारा महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा करूणा झा ,सुधा देव, माला कर्ण, ललिता साह, प्रिया सिंह थारू,रश्मि झा,मन्जु यादव, पिंकी झा लगायत महिला पत्रकार सम्मानित भएका हुन्।महिला दिवसको अवसरमा जिल्लाको चौतर्फी विकासमा महिला पत्रकारको उच्च मूल्यांकन गर्दै सम्मान गरेको लोसपाका नेतृ पुनम यादवले बताइन् ।

नारी दिवसमा मजदुरी गर्दै श्रमिक महिला

कञ्चनपुर, २४ फागुन । ११२औँ अन्तरराष्ट्रिय महिला दिवसका दिन मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गर्दै थारु समुदायका महिला । नारी दिवस भएपनि जीविका चलाउन दैनिक मजदुरीमा आउनुपर्ने बाध्यता रहेको उहाँहरुको भनाइ छ । तस्बिरः शेरबहादुर सिंह÷रासस

८ मार्च र महिला आन्दोलनका कार्यभार

आज ८ मार्च, अन्तराष्ट्रिय श्रमिक महिला दिवस । महिलाहरुको निम्ति प्रेरणा, सम्मान र प्रतिबद्धताको बिषय बनिरहेको आजको दिनलाई हरेक बर्षे विशिष्ट उत्सवको रुपमा मनाउने गरिन्छ । “दिगो भविष्यको लागि लैङ्गिक समानता’ भन्ने बिषयबस्तु अन्तरगत संसारभरका महिलाहरुले ११२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस आन्दोलनका रुपमा मनाइरहेका छन् । त्यसैगरी ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ लगायत विभिन्न नाराका साथ नेपालमा पनि श्रमिक महिला दिवस देशब्यापी रुपमा विभिन्न कार्यक

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

२४ फागुन, काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । सन् […]

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सर्लाहीमा साताव्यापी मनाइने

सर्लाही – नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला (अनेम)संघ सर्लाहीले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाउने भएको छ । संघले हरेक वर्ष मार्च ८ मा श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । सोही अवसरमा जिल्लाका विभिन्न स्थानमा सचेतनादेखि अनुगमनसम्मको गतिविधि गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । अनेम […]

रूपन्देहीमा श्रमिक महिला दिवसको अवसरमा प्रशिक्षण

बुटवल । अखिल नेपाल महिला सङ्घ रुपन्देही जिल्ला समितिको आयोजनामा १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हिंसा, बलात्कार, हत्याको विरोधमा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख आतिथ्यता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा केसीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्व, देशको वर्तमान परिस्थिति महिला हिंसा, बलात्कार, हत्या महिलाहरूको अधिकार र महिला आन्दोलनमा सहभागिता आदि विषयमा प्रशिक्षण दिनुभयो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको इतिहास र अखिल नेपाल महिला सङ्घले देशको आन्दोलनमा खेलेको भूमिकाबारेमा राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले प्रशिक्षण दिनुभयो । त्यसै गरी राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष बद्रे आलम र कम्युनिस्ट सङ्ग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्यले शुभकामना मन्तव्य दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा विभिन्न जनवर्गीय सङ्गठनको अध्यक्ष तथा प्रतिनिधिको पनि आतिथ्यता रहेको थियो । प्रशिणात्मक कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला सङ्घ रुपन्देही जिल्लाका अध्यक्ष भानु केसीले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव दुर्गा शर्माले गर्नुभएको थियो । सहिदको सम्झनामा एक मिनेट मौनधारण गरी अगाडि बढेको प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई स्वागत जिल्ला कोषाध्यक्ष लक्ष्मी कुँवरले गर्नुभएको हो ।

श्रीगंगानगरमा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिद्वारा संचालित महिला नगर विभाग श्रीगंगानगरको आयोजनामा अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम भव्य तथा सानदार रुपमा सम्पन्न गरिएको छ । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जिसी केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, महिला क्षत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, सदस्य बसन्ता नेपाली, कमला खडका, वाग्मती केसी, क्षत्रीय सदस्य गिरुप्रसाद न्यौपाने लगाएतले वर्तमान संरचनामा महिला हक अधिकार, तथा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको आवश्यकता र महत्वबारे प्रकाश पार्दै शुभकामना दिनुभएको थियो । कार्यक्रम कल्पना न्यौपानेको सञ्चालन, सरस्वता न्यौपानेको अध्यक्षता तथा कमला खडकाले स्वागत गर्नुभएको थियो ।

दाङमा यसरी मनाइयो श्रमिक महिला दिवस

दिनेश रैदास, दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ घोराही नगर समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस राजमो कार्यालय घोराहीमा सम्पन्न भएको छ। अखिल नेपाल महिला संघकी दाङ जिल्ला सचिव शारदा थापाको अध्यक्षता, कृष्णा थापाको सञ्चालन, महिला संघ घोराही नगर कोषाध्यक्ष हिरा खनालको स्वागत मन्तव्यबाट कार्यक्रम सुरुभएको हो । कार्यक्रमका प्रमुख अथिति अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले सम्पूर्ण शोषित पीडित मुक्तिकामी, श्रमिक महिलाहरु सर्वप्रथम सचेत हुन जरुरी रहेको बताउनु भयो। उहाँले आफ्नो हंकहित नियम कानुनको लागि अध्ययन गर्न आवश्यक रहेको समेत बताउनु भयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको इतिहास र महत्व बारे प्रष्ट पार्नु भएको थियो। जनजाति सम्मेलन केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएम, अखिल (छैठौं)केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, अखिल (छैठौं) दाङ जिल्ला सचिवालय सदस्य दिनेश रैदास, राजमो घोराही नगर अध्यक्ष हरि खरेल, अखिल नेपाल महिला संघ दाङ जिल्ला सल्लाहकार सत्य रेग्मी, अखिल (छैठौं) दाङ जिल्ला कोषाध्यक्ष मधुकर पुन, महिला संघ घोराही नगर सचिव पदमा थापा, रक्तिम सांस्कृतिक अभियान घोराही नगर सचिव शिव बन्जाडे, शान्ति पुन लगायतले अन्तर्राष्टिय श्रमिक महिला दिवसको शुभकामना तथा मन्तव्य राख्नु भएको थियो। अखिल नेपाल महिला संघ गढवा अखिल नेपाल महिला संघ गढवा गाउँपालिका समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस गढवामा सम्पन्न भएको छ। जेष्ठ महिला सदस्य पुत्ला खनालको अध्यक्षता, उमा पन्थीको सञ्चालन र धना खनालको स्वागत गर्नुभएको थिया । कार्यक्रमका प्रमुख अथिति अखिल नेपाल महिला संघ दाङ जिल्ला सदस्य गौरी खड्काले समान अधिकार र महिला हिँसा विरुद्ध बोल्दै एक जुट भएर अगाडि बढ्न आह्रवान गर्नु भएको थियो। त्यसैगरी अखिल नेपाल महिला संघ जिल्ला सदस्य शिवा आचार्य महिला हकहित बारे प्रष्ट पार्नु भएको थियो। महिला संघ गढवा गाउँपालिका वार्ड नं ६ सदस्य सुमित्रा खनाल, गोमा पोख्रेल, राजमो जिल्ला सल्लाहकार गुणनिधि शर्मा, राजमो गढवा सचिव टुकमान आचार्य, वार्ड नं ६ राजमो अध्यक्ष खुमानन्द ...

भारतको चंडिगढमा मनाइयो श्रमिक महिला दिवस

खिमराज चालिसे, चंडिगढ । भारतको चंडिगढमा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सोमबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा श्रमिक महिला दिवस मनाइएको हो । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसे, मूल प्रवाह क्षेत्रीय सल्लाहकार एवम् महिला क्षत्रीय विभागकी सचिव जुना चालिसेले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे प्रकाश पार्नुभएको थियो । यस्तै, समता केन्द्रीय विभागका बिनु नेपाली, महिला क्षत्रीय सदस्य सिमा खडका, मूल प्रवाह नगर अध्यक्ष मानबहादुर केसी, जनजाति विभागका तेज बहादुर रोका, एडवोकेट तथा विद्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, खेल विभागका पुरन थापा, महिला सदस्य कुमारी थापा, लक्ष्मी अधिकारी, नेपाली वेलफेयरकी सविना पाण्डे लगाएत नेताहले पनि सम्बोधन गर्नुभएको थियो । सो क्रममा वक्ताहरुले महिला मुक्ति आन्दोलनको गौरवमय इतिहास तथा कम्युनिस्ट आन्दोलनमा क्लारा जेटकीन, रोजा लक्ष्यमवर्ग, एलेक्जेन्ड्रा जस्ता महिला नेतृहरुको अद्धितीय योगदान तथा दोश्रो अन्तर्राष्ट्रियको महत्ववारे प्रकाश पार्दै महिलाहरुको हक अधिकार,न्याय तथा स्वतन्त्रताको लागी सम्पूर्ण उत्पीडित महिलाहरुले नै संगठित र सचेत हुनुपर्ने धारणा राखेका थिए । महिला विभागकी सचिव जमुना खनालको सञ्चालन तथा नगर संयोजक माया आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जमुना खडकाले स्वागत गर्नुभएको थियो भने रक्तिम परिवारका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।

सुदूरपश्चीमोत्तर क्षेत्रमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागले आगामी ८ मार्चमा महिलाहरुको महान पर्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी गरेको छ । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रका नगरहरुको आयोजनामा क्षेत्रभरी नै कार्यक्रम गर्न महिलाहरु सक्रियतापूर्वक तयारी गरिरहेका मूल प्रवाहले जनाएको छ । गास, बास र कपासको समस्याहरुको कारण विदेश पसेका महिलाहरु प्रवासमा पनि सचेत र संगठित हुँदै आइरहेका छन् । महिलाहरुले महिला दिवसको ऐतिहासिक महत्वलाई वर्ग संघर्षसँग जोड्ने प्रयासस्वरुप मूल प्रवाहको व्यानरमुनि प्रगतिशील रुपमा मनाउने प्रचलन रहेको छ। चंडिगढ सुदूरपश्चीमोत्तर क्षेत्रको चंडिगढमा मूल प्रवाह महिला नगर विभागको आयोजनामा (२००१ सेक्टर २) को भवनमा दिउँसो २ः३० देखि १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमको आयोजना गरिएको छ । उक्त दिन नगर समितिका कार्यकर्ताको पनि विदाइ समारोह राखिएको नगर अध्यक्ष मानबहादुर केसीले बताउनु भएको छ । हिसार हिसारमा पनि मूल प्रवाह महिला नगर विभागको आयोजनामा कुमार धर्मशालामा दिउँसो १ बजे देखि महिला दिवसको कार्यक्रम आयोजना गरिएको नगर सचिव तारा सोमारेले जानकारी दिनुभएको छ । कार्यक्रममा कुर्सी दौड, लगाएतका खेलकूद कार्यक्रम तथा ४१औं नगर स्थापना दिवसमा भाग लिएका कलाकारहरुलाई सम्मान गरिनेछ । जालन्धर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग जालन्धरको आयोजनामा श्रमिक दिवस ८ मार्चलाई आमसभा गरि साँझ ६ देखि नगर कार्यालय बस्तीबाबा खेल जालन्धरमा कार्यक्रम मनाउने जानकारी केन्द्रीय सदस्य कुलबहादुर बगालेले गराउनु भएको छ । रोपड रोपडमा महिला दिवसको कार्यक्रम नुहु कलोनी टाइप १ को कम्युनिटी सेन्टरमा साझ ५ बजेपछि आमसभा गरि कार्यक्रम सम्पन्न गरिने जानकारी क्षेत्रीय सदस्य छविलाल सापकोटाले बताउनु भएको छ । श्रीगंगानगर श्रीगंगानगरमा महिला नगर विभागको आयोजनामा नेहरु पार्कमा दिउँसो १ बजेदेखि आमसभा गरि १११औँ श्रमिक महिला दिवस मनाउने जानकारी केन्द्रीय सदस्य त्रिभुवन भट्टराईले दिनुभएको छ । संगरुर संगरूरमा महिला नगर विभागको आयोजनामा बनसुरवाग संगरुरमा दिउँसो २ बजेदेखि आमसभा गरि १११ औँ श्रमिक महिला दिवस मनाउने जानकारी महिला नगर संयोजक लक्ष्मी खनालले दिनुभएको छ ।