सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरुको हेलिकोप्टरबाट उद्धार  गरिँदै

लगातार परेको भारी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा आएको बाढी र पहिरोमा परेकाहरुको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदैछ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

सम्बन्धित सामग्री

जाजरकोटका भूकम्पपीडितको टहरामा पहिरो खस्यो, तीन जनाको हेलिकोप्टरबाट उद्धार

जाजरकोटमा भूकम्पपीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते भएका छन् । गए राति साढे नौ बजेको समयमा जिल्लाको कुशे गाउँपालिका-८ को दल्लेनामा टहरामाथिबाट खसेको पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरूको थप उपचारका लागि बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको छ...

दार्चुला बाढी–पहिरोः घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै

धनगढी – दार्चुलामा बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ। बाढी–पहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। अझै केही बेपत्ता रहेका छन्। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घटनास्थल पुगेको हेलिकोप्टरले उद्धार गरिरहेको छ। अहिले घाइतेलाई उद्धार गरेर उपचारका लागि […]