दार्चुला बाढी–पहिरोः घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै

धनगढी – दार्चुलामा बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ। बाढी–पहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। अझै केही बेपत्ता रहेका छन्। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घटनास्थल पुगेको हेलिकोप्टरले उद्धार गरिरहेको छ। अहिले घाइतेलाई उद्धार गरेर उपचारका लागि […]