धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र संविधान कार्यान्वयनका लागि सात वटै प्रदेशलाई एकजुट हुन आग्रह गरेका छन् । जनकपुरधाममा आयोजित गृहमन्त्री (आन्तरिक मामिला) स्तरीय अन्तरप्रदेश भेलामा उनले संविधानप्रदत्त अधिकारहरुको कार्यान्वयनमा सङ्घीय सरकारले आनाकानी गरिरहेको आरोप लगाए । उनले भने, ‘हामी सबै एकजुट भयौँ भने शान्ति सुरक्षालगायतका अधिकारहरु छिट्टै प्राप्त गर्न सक्छौँ ।’ […]