पहिरो पीडितहरू प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

आज राष्ट्रिय एकता अभियान, काठमाडौँले वीरगन्जबाट काठमाडौँ र काठमाडौँबाट गौर जाने क्रममा

सम्बन्धित सामग्री

पहिरो पीडितहरू प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

आज राष्ट्रिय एकता अभियान, काठमाडौँले वीरगन्जबाट काठमाडौँ र काठमाडौँबाट गौर जाने क्रममा

भूगोलको अठारौं कार्यक्रम सम्पन्न

‘भूगोल साहित्य समाज’ले अठारौं साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। यही अवसरमा समाजले युवाकवि मोतीराम भट्ट र आदिकवि भानुभक्त आचार्य सम्झिंदै श्रद्धाञ्जली अर्पिएको छ।...

स्वं लता मंगेशकरको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

न्युज अफ नेपाल काठमाडौं । भारतको डी.ए.भी शुशील केडिया विश्व विद्यालयमा नेपाली साङ्गीतिक क्षेत्रमा लब्ध प्रतिष्ठित, व्यक्तित्व, अभिभावक र विद्यार्थीहरूको उपस्थितिबिच स्व लता मंगेशकरको सम्झनामा श्रद्धाञ्जली  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लता मंगेशकरको वृत्तचित्र प्रर्दशन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी सदाबहार गायिका मनिला सोताङ्गले प्रमुख अतिथि उपस्थित रहेकी थिइन। त्यस्तै विशिष्ट अतिथि बबिता […]

लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

डी.ए.भी शुशील केडिया विश्व भारती विद्यालयमा नेपाली साङ्गीतिक क्षेत्रमा लब्ध प्रतिष्ठित, व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुको उपस्थितिबिच स्व लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभा आयोजन गरिएको छ।...

गण्डकीमा पनि प्रहरी दिवस मनाइयो

गण्डकी प्रदेशको राजधानी पोखरामा पनि प्रहरी दिवस मनाइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले देश र जनताको सेवामा समर्पित रहँदाको अवस्थामा प्राण उत्सर्ग गर्ने अमर प्रहरीको उच्च कदर गदै प्रहरी दिवस मनाएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपाल प्रहरी भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत पनि देश र जनताको सेवामा भएकोमा

अनेमसंघको श्रद्धाञ्जली कार्यक्रममा मदन-आश्रितको चर्चा

काठमाडौ। मदन-आश्रित स्मृति दिवसमा कोटेश्वरस्थित मदन भण्डारी स्मृति पार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। अनेमसंघको आयोजनामा सामाजिक दुरी कायम राख्दै मदन-आश्रितको मुर्तिमा माल्यअर्पण गरिएको छ। त्यसअवसरमा बोल्दै नेमसंघका सचिव सुजिता शाक्यले जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति र गम्भीर धक्का पुगेको बताइन्।

महिला नेतृ बिष्णा पाण्डेको श्रद्धाञ्जली सभा

खिमराज चालिसे/चण्डीगढ (भारत) ।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ महिला नगर विभागकी सदस्य बिष्णा पाण्डेको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । महिला नगर विभागको आयोजनामा फेब्रअरी २८, २०२१ का दिन सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सल्लाहकार तिलक पौडयाल, केन्द्रीय सल्लाहकार एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसे, क्षेत्रीय समितिका सदस्य प्रेम आचार्य, क्षेत्रीय समितिका सल्लाहकार एवम् महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, जनजाति नेता थमन थापा, महिला क्षेत्रीय समितिकी सदस्य एवम् नगर संयोजक माया आचार्य, नगर अध्यक्ष मानबहादुर केसी, सचिव तेजबहादुर रोका, विद्यार्थी केन्द्रीय सदस्य विष्णु बेल्वासे, अधिवक्ता तथा विद्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेललगाएत नगर एरिया तथा टोलका कार्यकर्ता तथा पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा महिला नगर विभागकी संयोजक माया आचार्यले बिष्णा पाण्डेको निधनले सङ्गठनलाई अपूरणीय क्षति भएको बताउनुभएको थियो भने सहभागी तथा अतिथिहले पुष्पअर्पण गर्नुभएको थियो । मृतकका ससुराबुबा गङ्गाराम पाण्डेको अध्यक्षता तथा महिला नगर विभागकी सचिव जमुना खनालको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा बिष्णा पाण्डेको स्मृतिमा दुई मिनटको मौनधारण गरिएको थियो । दाङ जिल्ला, लमही–१ कौडिया निवासी पदम पाण्डेको श्रीमती बिष्णा पाण्डेको ३३ वर्षको उमेरमा चण्डीगढस्थित पिजिआइ हस्पिटलमा झाडाबान्ताको उपचारका क्रममा गत २० जनवरी २०२१ का दिन निधन भएको थियो ।

कृष्णप्रसाद पोखरेलको स्मृतिमा प्युठानमा श्रद्धाञ्जलीसभा

नवीन केसी, प्युठान । नेकपा (मसाल) झिमरुक गाउँपालिकाका सल्लाहकार कृष्णप्रसाद शर्मा (प्रदीप) को स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । नेकपा (मसाल) झिमरुक गाउँपालिकाको आयोजनामा पोखरेलको निधन भएको १३औं दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । झिमरुक–३ स्थित उहाँकै घरमा कार्यक्रम आयोजना गरिएको थियो । नेकपा (मसाल) जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले कृष्णप्रसाद पोखरेलले पार्टी र जनताको लागि गरेको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । उहाँले पार्टीले एक निडर र कर्मठ व्यक्ति गुमाएको बताउनुभयो । त्यस्तै,अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीबहादुर जीसी, राष्ट्रिय जनमोर्चा, लुम्बिनी प्रदेश सदस्य तथा झिमरुक गाउँपालिका अध्यक्ष तिलक जीसी, राजमो जिल्ला सदस्य टीका जीसी, राजमो जिल्ला सदस्य सीताराम पोख्रेल, नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष शेरबहादुर थामा लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । श्रद्धाञ्जलीसभामा स्थानीय जनताको बाक्लो उपस्थिति रहेकोे थियो । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिकाका अध्यक्ष भरत ढकाल, राजमो वडा नं.३ का अध्यक्ष तेजबहादुर खड्का, किसान नेता डण्डबहादुर खत्री, युवा नेता बिनोद बिकलगायतको उपस्थिति रहेको भियो । अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मिनबहादुर केसीको सञ्चालन तथा राजमो भिमरुक गाउँपालिका अध्यक्ष सिद्धिमान जीसीको अध्यक्षतामा सम्पन्न भएको थियो । पोखरेलले लामो समय नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चामा रहेर काम गर्नुभएको थियो । उहाँ २०५४ सालमा तत्कालीन बाँदीकोट गाविस वडा नम्बर १ को वडाअध्यक्ष निर्वाचित हुनुभएको थियो । लामो समय दमको विरामी रहनुभएका पोखरेलको गत पुस २१ गते निधन भएको थियो ।

गोपाल गिरीको श्रद्धाञ्जली सभा सम्पन्न

नवलपपुर। गोपाल गिरीको मृत्यु भएको सातौँ दिन राष्ट्रिय जनमोर्चा नवलपुर र चितवनको संयुक्त आयोजनामा शनिवार गैँडाकोट–२ स्थित उहाँकै घरमा श्रध्दाञ्जली कार्यक्रम सम्पन्न भएको छ। राजमो नवलपुरका जिल्ला अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा अघि बढेको उक्त कार्यकममा मन्तव्य दिँदै राजमो पूर्व सचिव कृष्ण अधिकारीले कसैको मृत्यु पातसरि हलुङ्गो हुन्छ भने कसैको मृत्यु गरुङ्गो हुने बताउनुयो । गोपाल गिरीको मृत्यु वजनदार भएको बताउँदै उहाँले गिरीको मृत्युले उहाँको परिवारले मात्र एउटा सदस्य गुमाएको होइन, सिङ्गो समाजले एउटा असल, मिजासिलो छिमेकी गुमाएको छ बताउनुभयो । ‘हाम्रो पार्टीले पार्टीप्रति जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि जुध्न सक्ने जुझारू सदस्य गुमाएको छ’ उहाँले अगाडि भन्नुभयो– ‘उहाँको मृत्युले पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’ ‘उहाँले लिँदै आएको अडान र आस्थालाई सफल बनाउनु लाग्नु नै अब उहाँप्रति सच्चा श्रध्दा हुने छ’ उहाँले भन्नुभयो । राजमो कन्द्रीय सचिव तथा चितवन जिल्लाध्यक्ष डम्मर पुरीले शोकमन्तव्य सहितको फोटो फ्रेम हस्तान्तरण गर्दै यो परिवारप्रति पार्टी र पार्टीप्रति यो परिवार पनि सधैँ सहयोगी रहने विश्वास व्यक्त गर्नु भयो । राजमो कन्द्रीय सदय राजेन्द्र ढुङ्गानाले गोपालजीको मृत्युले आज यो परिवार मात्र होइन, सिङ्गो पार्टी र परिवार शोकमा रहेको बताउनुभयो। अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष ढुण्डिराज पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का कार्यवाहक अध्यक्ष लोकराज भुसालले पनि उक्त कार्यक्रममा मन्तव्य दिनु भएको थियो । प्रतिभा महिला समूहका अध्यक्ष विष्णु पाण्डेले शोकमन्तव्यसहित फोटो फ्रेम हस्तान्तरणपछि सभा अध्यक्ष दिपक पाण्डेले नवलपुर जिल्लाको तर्फबाट शोकमन्तव्यसहितको फोटो फ्रेम हस्तान्तरणपछि कार्यक्रम समापन गरिएको थियो । राजमो जिल्ला सल्लाहकार देवराज पौडेलले दिवङ्गत गिरीको सङ्क्षिप्त जीवनीसहित कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।