म्याद गुज्रेका सामान बेच्नेलाई एक लाख रुपियाँसम्म जरिबाना

बजार अनुगमन समिति कास्कीले पोखरामा बजार अनुमनलाई निरन्तरता दिएको छ । सोमबार समितिले पोखरा–७ मा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख जरिबाना तिराएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक गुरुदत्त ढकालले स्टोर्समा म्याद गुज्रेका सामान बिक्री गरेको भेटिएपछि समितिले एक लाख रुपियाँ जरिबाना तोकेको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

बजार अनुगमन : म्याद गुज्रेका सामान नष्ट

बजार अनुगमनको क्रममा म्याद गुज्रेका झण्डै १ लाख ५० हजार बराबरको सामान जफत गरेर जलाइएको थियो।

बजार अनुगमन : म्याद गुज्रेका सामान नष्ट

बजार अनुगमनको क्रममा म्याद गुज्रेका झण्डै १ लाख ५० हजार बराबरको सामान जफत गरेर जलाइएको थियो।

साउनयता साढे १४ लाख रुपैयाँ बढीकाे म्याद गुज्रिएका वस्तु नष्ट

काठमाण्डाै - गएको साउनयता साढे १४ लाख रुपैयाँभन्दा धेरैकाे म्याद गुज्रिएका वस्तु नष्ट गरिएको छ ।   वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा १४ लाख  ५३  हजार  ५ सय ५४ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो। उहाँका अनुसार विभागले हरेक दिन ५ वटा टोलीमार्फत दैनिक ५० वटा पसलमा अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा हरेक व्यापारीले केही न केही अनियमितता गरेको भेटिएको उहाँले जानकारी दिनुभयो। धेरैजसो पसलमा म्याद गुज्रेका सामान...

दाङमा म्याद गुज्रेका सामान बेच्ने तीन पसललाई कारबाही

दाङ – दाङमा म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने तीन वटा पसल कारबाहीमा परेका छन्। प्रत्येक पसललाई जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको हो। राप्ती गाउँपालिका–१ भालुवाङमा माँ लक्ष्मी मार्ट, पोख्रेल किराना पसल र रिजाल खाद्य भण्डारबाट लेबल नलागेको खाद्य सामग्री र म्याद गुज्रेको समान फेला परेपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले […]