बर्दिया – गिद्ध संरक्षणका लागि डाइक्लाफेनाक औषधिको प्रयोग पूर्णरुपमा प्रतिबन्ध गर्न आग्रह गरिएको छ ।
गिद्ध मांशहारी भए पनि आफैँले शिकार भने गर्दैन र मरेको सिनो खाएर प्रकृतिलाई सफा राख्न सहयोग पुर्याउने हुनाले गिद्धलाई प्रकृतिको कुचिकार भनिएको चरा विज्ञ रामबहादुर शाहीले बताउनुभयो ।
गिद्धले एक वर्षमा झण्डै एक हजार एक सय डलर बराबरको फोहर अर्थात नेपाली रुपैँया एक लाख ४५ हजार दुई सय बरारबरको फोहर खाएर व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।
पशु चौपायको उपचारमा डाइक्लोफेनाक सोडियमको प्रयो...