रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध

लन्डन – बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए । उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले […]

सम्बन्धित सामग्री

रसियाली सरकारी टिभी च्यानल आरटीमाथि बेलायतले लगायो प्रतिबन्ध

बेलायतले रसियाली सरकारी टिभी च्यानल आरटीलाई प्रतिबन्ध लगाएको छ। युक्रेन युद्धको निष्पक्ष कभरेज गर्न असमर्थ भएको भन्दै बेलायतले आरटीमाथि प्रतिबन्ध लगाएको हो। बेलायतको प्रसारण मिडिया नियामक ‘अफकम’ले रसियाको आक्रमणबारे आरटीले गरेको कभरेजमा २९ वटा अनुसन्धानहरु गरिरहेको बताएको छ। र, युद्धको सम्बन्धमा क्रेमलिनको नीति विपरीत कुनै पनि पत्रकारितालाई ‘अपराधीकरण’ गर्ने रसियाको…

रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध

बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई  समर्थन जनाएका थिए । उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी य

बेलायतमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै

बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । जसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन् । तोकिएका निश्चित स्थानबाहेक सार्वजनिक स्थानमा फेस मास्क लगाउनुपर्ने छैन् ।त्यसैगरी केयर होममा प्रवेश गर्न पनि केही सहज बनाइए

नेपाली वायुसेवा कम्पनीको प्रतिबन्ध फुकुवा गरिदिन पर्यटनमन्त्री आलेको आग्रह

काठमाडौँ । बेलायतको लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) मा नेपाली पर्यटन व्यवसायीहरूको टोलीसहित पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार बेलायतको हाउस अफ लर्ड्सकी सांसद्‍ ब्यारोनेस वर्मासँग भेट गरेका छन् । भेटको क्रममा उनले यूरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई सन् २०१३ मा लगाएको प्रतिबन्ध फुकुवाका लागि बेलायती सरकारका तर्फबाट पनि पहल गरिदिन […]

बेलायतमा संक्रमण बढेसँगै प्रतिबन्ध लागू गर्न सरकारलाई दवाव

बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिएपछि सरकारलाई समयमा नै आवश्यक कदम चाल्न दवाव आएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुख म्याथ्यू टेलरले कि ‘प्लान बी प्लस’ अन्तर्गतको प्रतिबन्ध लगाउनुपर्ने कि त एनएचएस संकटको सामना गर्न तयार हुन प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । टेलरले इंग्ल्याण्ड, नर्दर्न आएरल्याण्ड वेल्सको स्वास्थ्य सेवाको प्रतिनिधित्व गर्दछन् । बेलायतमा एकैदिन झन्डै ५० हजार संक्रमित पुष्टि भएको र २४  घन्टामा  २२३ जनाको मृत्यु भएलगत्तै उनको उक्त भनाइ

बेलायतको बदला : चिनियाँ राजदूतलाई संसद प्रवेशमा प्रतिबन्ध

प्रतिबन्धसँगै उनीहरूको सम्पत्ति रोक्का गरेको थियो । यसैको बदलामा बेलायतका लागि चिनियाँ राजदूत झङ जगवाङ लाई बेलायतको संसद प्रवेश निषेध गरिएको बीबीसीले जनाएको छ ।

चिनियाँ राजदूतलाई बेलायतको संसद्मा प्रतिबन्ध

लन्डन । बेलायतको संसद्ले चिनियाँ राजदूतलाई प्रतिबन्ध लगाएको छ । चीनले केही बेलायती सांसदहरूलाई प्रतिबन्ध लगाएको बदलामा बेलायतका लागि चिनियाँ राजदूतलाई त्यहाँको संसद्मा प्रवेश निषेध गरिएको हो । चीनसम्बन्धी सर्वदलीय समूहले बुधबार संसद्मा आयोजना गरेको जमघटमा चिनियाँ राजदूत झङ जगवाङ सहभागी हुने बताइएको थियो । तर, विरोध भएपछि तल्लो सदन हाउस अफ...

जर्मनीले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध हटाउने

काठमाडौ :  जर्मनीले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ। कोभिड १९ महामारी र डेल्टा  संक्रमण फैलिए सँगै जर्मनीले नेपालीकाे आगमन निषेध गरेको थियो। नेपालका लागि  जर्मनी दूतावासका अनुसार  जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला गर्न लागेको हो। जर्मनीले नेपालसहितका यी पाँच राष्ट्रमा डेल्टा प्लस र डेल्टा स्वरूपको तीब्र सङ्क्रमण फैलिएकोले ‘भाइरस भेरियन्ट क्षेत्रको वर्गीकृत गरेको थियो। आगामी बुधबारबाट यी राष्ट्रका नागर

विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज फर्म बाइनान्स बेलायतमा प्रतिबन्ध

एजेन्सी। विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज फर्म बाइनान्सलाई बेलायतको वित्तीय नियामक निकाय (एफसिए)ले प्रतिबन्ध लगाइएको छ। बाइनान्सले आफ्नो वेबसाइटमा एक सूचना राखेर प्रयोगकर्ताहरुलाई कारोबारमा प्रतिबन्ध लगाएको जानकारी दिँदै यसले कम्पनीको कारोबारमा ‘प्रत्यक्ष प्रभाव’ नपार्ने बताएको हो। बाइनान्स एफसीएमा दर्ता नभएकाले बेलयातमा कारोबार गर्न अनुमती नरहेको एफसीएले बताएको छ।

नेपाल बेलायतको ‘रेड जोन’मा

कोरोना महामारी फैलिएर गम्भीर स्वास्थ्य संकटमा पर्दै गएको नेपाललाई बेलायतले रेड जोनमा राखेको छ । नेपालमा नयाँ भेरियन्ट फैलिएको बताउँदै सो देशले नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी समेत गरेको बीबीसीले जनाएको छ । बेलायतले पछिल्लो पटक नेपालसहित, टर्की र माल्दिभ्सलाई रेड जोनमा राखेको छ । विदेशी नागरिककाे हकमा बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले बताए । Turkey, the Maldives and Nepal have been added to the UK...