ताप्लेजुङ – ताप्लेजुङका नौ वटा पालिकामध्ये चार वटाले आफ्नै प्रशासकीय भवनबाट सेवा दिन शुरु गरेका छन् ।
मेरिङ्देन गाउँपालिकाले आज मङ्गलवारदेखि आफ्नै प्रशासकीय भवनमा कार्यालय सञ्चालन गरेको छ । गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामले उद्घाटन गर्नुभएको छ ।
गाउँपालिकाका इन्जिनियर पवन पौडेलले पाँच करोड ६१ लाख ४७ हजार रुपैयाँकाे लागतमा प्रशासकीय भवन निर्माण भएकाे जानकारी दिनुभयो । भवन निर्माणका लागि २०७७ असाेज ५ गते गाउँपालिका र मालिकादेवी हिमालय जेभी कम्पनीसँग सम्झौता भएको ...