स्थानीय तह गठनको छ वर्षभन्दा बढी समय बित्दा पनि गुल्मीका पाँच स्थानीय तहका कार्यालय भाडाकै भवनबाट सञ्चालन हुँदै आएका छन् । आफ्नै प्रशासकीय भवन नहुँदा स्थानीय सरकारको रकम कार्यालय भाडामै खर्च हुने गरेको छ । मुसीकोट नगरपालिका, इस्मा, गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिका भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । इस्मा गाउँपालिकाले २०७४ सालदेखि भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेको छ । भवनका लागि मासिक ३३ हजारका दरले भाडा बुझाउँदै आएको गाउँपालिकाका सूचना अधिकारी नारायण महतले जानकारी दिनुभयो । वडा नं. २ को वडा कार्यालय पनि भाडामा बस्दै आएको उहाँले जानकारी दिनुभयो । चन्द्रकोट गाउँपालिकाले स्थापनाकालदेखि नै चन्द्रकोट क्याम्पसको भवनबाट सेवा प्रवाह गर्दै आएको छ । मासिक ९७ हजार रुपियाँ
गुल्मी । गुल्मीका स्थानीय सरकारले घरभाडामा वार्षिक रू ३९ लाखभन्दा बढी रकम खर्च गर्ने गरेको पाइएको छ । हालसम्म भाडामा बस्दै आएका जिल्लाका पाँच पालिकाले उक्त रकम घरभाडामा खर्च गरेका हुन् । स्थानीय तह स्थापना हुँदा सबै पालिका भाडाकै घरमा थिए । छ वर्षको अवधिमा केही पालिकाले प्रशासकीय भवन तयार गरे भने केहीले अस्थायी संरचना […]
गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निर्वाचन लाखौं जनताको सपनाहरू सफल वा विफल पार्ने लडाइँ भएको बताउनुभयो ।
लमजुङ-संघीयता कार्यान्वयन भई स्थानीय तह गठन भएको पाँच वर्ष पुग्नै लाग्दा लमजुङका पाँचवटा स्थानीय तहले मात्रै नयाँ प्रशासकीय भवन निर्माण गरेका छन् । जिल्लाको सुन्दरबजार नगरपालिका, राईनास नगरपालिका, मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका र क्होलासोँथार गाउँपालिकाले मात्रै नयाँ प्रशासकीय भवन निर्माण गरेका हुन् ।पाँचवटा स्थानीय तहले प्रशासकीय भवन निर्माण शुरु गरे पनि हालसम्म एउटा मात्रै स्थानीय […]
कास्की । पोखरा महानगरपालिकाले चार वर्षमा ९ ओटा वडा कार्यालयको भवन बनाएको छ । गएको स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन नभएकामा नयाँ भवन निर्माण तथा अन्यको स्तरोन्नति गरिएको महानगरले बताएको छ । वडा भवन निर्माणलाई प्राथमिकतामा राखेको महानगरले निर्माण गरेका भवन सुविधासम्पन्न र आधुनिक रहेका छन् । केहीमा विद्युतीय भ¥याङ राखिएको छ । अपांगतामैत्री समेत छन् । भवनभित्रै पार्किङको सुविधा छ ।
हालसम्म वडा नं २, ७, ११, १२, १६, १९, २२, ३० र ३२ मा नयाँ भवन निर्माण गरिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । वडा नं ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ । वडा नं ६, १७ र २६ का भवन निर्माण प्रक्रिया थालिएको छ । महानगरले सबै वडाका भवन निर्माणमा जोड दिए पनि कतिपय वडामा जमिन प्राप्त नहुँदा पुरानोलाई स्तरोन्नति गरिएको बताइएको छ ।
सूचना अधिकारी पौडेलले भने, ‘जमिन प्राप्त भएका अधिकांश वडामा भवन निर्माण सम्पन्न गरेका छौं । केहीको प्रक्रिया शुरू भएमा छिट्टै शिलान्यास गर्छौं । अन्यको हकमा स्तरोन्नति गरेर सहज रूपमा सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।’ महानगरले वडा कार्यालयका भवनसहित आफ्नो प्रशासकीय भवन निर्माणको प्रक्रियासमेत अघि बढाएको छ ।
महानगरको मुख्य भवन निर्माण गर्न जमिन खोजीमा चार वर्ष खर्चिएकोमा हालै पोखरा–९ नयाँ बजारस्थित दमकलमार्गमा सुविधा सम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । महानगरको आफ्नै चार रोपनी क्षेत्रफलमा भवन बन्ने महानगरले बताएको छ । हालको भवन साँघुरो हुँदा महानगरका अन्य विषयगत शाखा कार्यालय पोखराका विभिन्न ठाउँमा राख्नुपर्ने बाध्यता हुँदा सेवाग्राहीलाई झन्झट भएको छ ।
‘अन्डरग्राउण्ड पार्किङ’ सहितको पाँच तलाको भवन १९ करोड पाँच लाखमा निर्माण सम्झौता गरिएको छ । गत असोज १० गते आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध÷ओम बुद्ध जेभी विराटनगरसँग प्रशासकीय भवन निर्माणको ठेक्का सम्झौता गरिएको महानगरका वरिष्ठ इञ्जिीनीयर पूर्णबहादुर गुरुङले बताए । रासस
संघीयता कार्यान्वयन भई स्थानीय तह गठन भएको तीन वर्ष भइसकेको छ । लमजुङका अधिकांश स्थानीय तह आफ्नै प्रशासकीय भवनविहीन छन् । जिल्लाका आठवटा स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको आफ्नो प्रशासकीय भवन छैन ।
जिल्लाका सबै स्थानीय तहको आफ्नो प्रशासकीय भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या भएको स्थानीय तह प्रमुखहरूले बताएका छन् । जिल्लाका कतिपय स्थानीय तह साविक गाविस रहेका भवनबाट सेवा प्रवाह गरिरहेका छन् भने कतिले घर भाडामा लिएर कार्यसम्पादन गर्दै आएका छन् ।
पुरानो भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या भएको हो ।