जुम्लाको तातोपानी गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न थालेको छ । हालसम्म भाडाकै घरबाट सञ्चालित तातोपानीले एकीकृत रूपमा छिटो छरितो सेवा प्रवाह गर्न प्रशासकिय भवन निर्माण थालेको हो । गाउँपालिकाको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा निःशुल्क रूपमा प्राप्त भइसकेको छ । हाल विषयगत शाखा रहने गरी पालिकाको आफ्नै लगानीमा प्रशासकीय भवन निर्माण हुन लागेको तातोपानी […]
गुल्मीको मुसिकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो समय भवन निर्माणको कामले तीव्रता पाएपछि कम्तीमा असार मसान्तभित्र आफ्नै प्रशासकीय भवनबाट सेवासुविधा दिन पालिकाले तयारी थालेका हुन् । दुई स्थानीय तहका चारतले लिफ्टसहित अपांगमैत्री अत्याधुनिक भवनको अब झण्डै १० प्रतिशतमात्र काम बाँकी छ । जिल्लाको मुसिकोट नगरपालिकामा पालिकाको […]
ओखलढुंगा । ओखलढुंगामा रहेका ८ वटा स्थानीय तहमध्ये दुई वटाको मात्रै प्रशासकीय भवन निर्माण भइरहेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिकाले मात्रै भवन निर्माण गरिरहेका हुन् । दुवै स्थानीय तहले ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेका छन् । अन्य ६ वटा स्थानीय तहले भवन निर्माणको काम नै थालेका छैनन् । जिल्लाका चिशंखुगढी र […]
सरकारले आगामी आर्थिक वर्ष ७० स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्न १ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त बजेट विनियोजन गरेको हो ।सरकारले आगामी दुई वर्ष भित्र सबै स्थानीय तहको आफ्नै प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले करिब सात करोड लागतमा प्रशासकीय भवन बनाउन सुरु गरेको छ । कुल ६ करोड ७९ लाख २९ हजार ६ सय ७६ रुपैयाँ लागतमा सम्पन्न हुने प्रशासकीय भवनको लुम्बिनी प्रदेश सभा सदस्य सुदर्शन बरालले शिलन्यास गरेका छन् ।प्रशासकीय भवनको शिलन्यास गर्दै बरालले भौतिक पूर्वाधार र कर्मचारीको अभाव हुँदा पनि स्थानीय तहले महत्वपूर्ण काम […]
दिलकुमार लिम्बु ,ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाले प्रमुख प्रशासकीय भवन र वडा भवन निर्माण कार्यमा तीव्रता दिएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवन ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरेको छ । फुङ्लिङ नगरपालिका–७ दोखुमा आफ्नो प्रमुख प्रशासकीय भवन निर्माण भइरहेको छ । नगरपालिकाको २४ वटा कोठा रहेको भवन निर्माण कार्य सम्पन्न हुन […]
बुटवल : सिद्धार्थनगर नगर पालिकाको प्रशासकीय भवन स्तुपा शैलीमा निर्माण हुने भएको छ। नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणका लागि चालु वर्षमा बजेट विनियोजन गरिसकेको छ। भवन निर्माणका लागि आज निर्माण कम्पनीसँग सम्झौतासमेत भएको नगरपालिकाले जनायो। श्री स्काई रामसागर जेभीले १८ करोड ३७ लाख ४९ हजार ५ सय ३७ रुपैया ५१…