पुस ५ गतेदेखि नेपालगञ्ज महोत्सव

नेपालगञ्ज – एजी सर्भिस प्रालीले पुस ५ गतेदेखि १७ गतेसम्म नेपालगञ्ज महोत्सव गर्ने भएको छ। सचिवालय संयोजक नन्दबहादुर बुढाका अनुसार, कृषि प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार भन्ने मूल नाराका साथ नेपालगञ्जमा छैठौ नेपालगञ्ज महोत्सव गर्न थालिएको छ। कारकादोमा रहेको सडक डिभिजन कार्यालयको परिसरमा महोत्सव आयोजना गरिदैछ। महोत्सवमा कृषिलाई विशेष प्राथमिकता दिदै पर्यटन, औद्योगिक व्यापार तथा […]

सम्बन्धित सामग्री

व्यापारीको पुस महिनाभरि आन्दोलन

नेपालगञ्ज – बाँके र बर्दियाका व्यापारीसम्मिलित व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले पुसदेखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम गर्ने भएको छ। संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरेर पुस महिनाको चार वटा कार्यक्रम सार्वजनिक गरेको हो। जसअन्तर्गत पुस ५ गते नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय, नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालय, बाँके, जिल्ला प्रहरी कार्यालय, भन्सार कार्यालय, बाणिज्य […]

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरीद

खजुरा । बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरीद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ९ हजार क्विन्टल मात्र खरीद गरेको छ । धान विक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुन पहिलो सातादेखि खरीद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । उनका अनुसार यस वर्ष जिल्लाका ८४० किसानको मध्यम धान २० हजार क्विन्टल र मोटो धान ५ हजार क्विन्टल खरीद गर्ने लक्ष्य थियो । ३४० किसानको मध्यम धान ७ हजार क्विन्टल र मोटा धान २ हजार क्विन्टल मात्र खरीद गरिएको उनले जानकारी दिए । जिल्लाका आठओटै स्थानीय तहलाई कोटा निर्धारण गरेर गत पुस ५ गतेदेखि २५ हजार क्विन्टल धान खरीदको लक्ष्य राखेर खरीद शुरू गरिएको थियो । निर्धारित समयभन्दा ढिला धान खरीद शुरू गरेकाले अधिकांश किसानले पहिला नै व्यापारीलाई विक्री गरेको डुडुवा–४ का रामगोपाल वर्माले बताए ।      ‘कम्पनीले भन्दा पहिला व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरीद गर्न थालेपछि किसानले आफ्नै हिसाबले विक्री गरेका हुन्,’ उनले भने । सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रू. २ हजार ९६७ र मध्यम धानको रू. ३ हजार १२८ तोकेको थियो । जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटाअनुसार धान विक्री गरेको र अन्य पालिकाका केही किसानले धान विक्री गरेको कार्यालयले बताएको छ । रासस

नेपालगञ्जमा बाल उद्यान बनाइँदै

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन बाल उद्यान निर्माण गरिने भएको छ । मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा उद्यान निर्माणको काम सुरु गरिएको छ । आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उक्त उद्यान शिलान्यास गरेका थिए ।यही पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक करोड ८२ लाखको लागतमा उच्चकोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको नगर प्रमुख विष्टले बताए । उनका अनुसार करिब रु छ करोड लागत अनुमान गरिएको बाल उद्यानभित्रको  करिब पाँच दशमलव पाँच कठ्

बागेश्वरी मन्दिर परिसरमा ‘चिल्ड्रेन पार्क’ बन्दै

नेपालगञ्ज – बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु गरिएको छ। बाल पार्कको आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे। आगामी पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरंग जेभीले निर्माणको जिम्मा पाएको छ। भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, […]

​नेपालगञ्ज महोत्सवमा ८० लाखको कारोबार

नेपालगञ्ज, पुस ५ –नेपालगञ्जमा मंसिर २८ गते सुरु भएको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव –०७४ मा झण्डै ८० लाख बराबरको कारो...