दाङमा भेटिएको चितुवालाई उद्धार गरेर बाँके लगियो

दाङ – लमही नगरपालिका–८ स्थित गौशालामा गाईलाई आक्रमण गर्न पुगेको चितुवा भान्सा कोठामा थुनिएपछि उद्धार गरिएको छ। डिभिजन वन कार्यलय देउखुरी, राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा चितुवाको सकुशल उद्धार गरिएको हो। चितुवालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्ज लगिएको छ। चितुवा घाइते अवस्थामा रहेकाले उपचारपछि निकुञ्जमा छाडिने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख वेसिन्द्रराज सुवेदीले जानकारी दिए। […]

सम्बन्धित सामग्री

डुबानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

नेपालगंज : अविरल वर्षाका कारण डुबानमा परेका बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका-२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीका बासिन्दालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।भाद्र ८ गते विहान बस्ती डुबानमा परेर मानिसहरु बाहिर निस्कन नसकेको खबर प्राप्त भएपछि सुरक्षा बेस राँझाबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरीको टोली खटिएको थियो।उद्धार टोलीले सो स्थानका ४ घरपरिवारका व्यक्तिहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घरका सरसामानहरु

बाँकेमा १२ किलोको अजिङ्गरको उद्धार

बाँके- बाँकेको राप्तिसोनारी गाउँपालिका–८ बालापुरबाट अजिङ्गरको उद्धार गरिएको छ । स्थानीयवासी लौटन चौधरीको घरको आँगनबाट आज करिब १० फिट लम्बाइ भएको १२ केजी तौलको अजिङ्गर उद्धार गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए । उनका अनुसार स्थानीयवासी चौधरीको घरको आँगनबाट खेतबारीमा जाँदै गरेको अजिङ्गरलाई निकुञ्जमा कार्यरत गेम स्काउट गोपालजङ्ग चन्दले जीवितै […]

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

बाँके – शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ । सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ । यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट चार र कोहलपुर बसपार्कबाट १७ महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना […]

नाला तर्ने क्रममा रुखमा अड्किएका २ जनाकाे उद्धार

बाँके – बाँकेको खजुरा गाउँपालिका २ सीतापुरमा रुखमा अड्किएका दुई जनाकाे उद्धार भएकाे छ ।  सीतापुरकाे किरण नाला तर्ने क्रममा बगाएर रुखमा अड्किएका खजुरा गाउँपालिका २ का ३२ वर्षीय तेजबहादुर रोकाय र बर्दियाको बारबर्दिया नगरपालिका ६ का २७ वर्षीय जनक चौधरीकाे उद्धार भएकाे हाे । स्थानीयवासीकाे समन्वयमा उनीहरूकाे उद्धार गरिएकाे बाँके प्रहरीले जनाएकाे छ ।

बाँकेमा ७५ घरपरिवारका बाढी पीडितको उद्धार

काठमाडाैं । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ । बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको हाे । डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रयस्थलमा राखेको हो । बाँकेका […]

डुबानमा परेका बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण

खजुरा : अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ। वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्र समेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए।    उहाँका अनुसार बाढीले गाउँ नै डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रयस्थलमा राखेको हो। अधिकृ

राप्ती नदीमा फसेका चार जनाको उद्धार

बाँके – बाँकेमा राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ ।  हिजाे सोमवार बेलुकी नदीपारि वनकरेली टिप्न गएका डुडुवा गाउँपालिका ४ का चार जना स्थानीयवासीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले आज उद्धार गरेको हाे । उनीहरू रातभरि नदीपारि फसेका थिए ।   उद्धार गरिएकाहरूमा ५५ वर्षीय सोखत नाउ, ४५ वर्षीय सव्विर खा, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नाजिर खा रहेका इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी नायब निरीक्षक (सई) गोपाल शर्माले जानकारी दिनुभयो ।  अन्य तीन जना भने हिजाे नै न...

बाँकेमा डुबेर तीन जना युवाको मृत्यु, दुईको उद्धार

काठमाडौं :  बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर  तीन युवाको मृत्यु भएको छ।मुस्लिम समुदायको महान पर्व बकरइदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्न नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुब्दा मृत्यु भएको र दुई युवकलाई प्रहरीले उद्धार गरेर बचाएको बाँके प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अ

बाँके : डुडुवा खाेलाकाे बाँधमा डुबेर तीन जनाकाे ज्यान गयाे

बाँके – बाँकेमा डुडुवा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १० चटारमा रहेको डुडुवा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरूमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का १७ वर्षीय आरिफ जसगर, अरमान जसगर र १८ वर्षीय रासिद जसगर रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनीहरूकाे ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएको खबरपछि पुगेको प्रहरीको उद्धार टोलीले तिनै जनालाई ...

बालबाबालिकाको उद्धारका लागि ६ जिल्लामा हेल्पलाइन सेवा विस्तार

सरकारले पारिवारिक, समाज र अन्य कारणबाट जोखिममा परेका बालबालिकालाई उद्धार तथा आवश्यक व्यवस्थापन गर्न बाल हेल्पलाइन विस्तार गरेको छ ।बाल हेल्पलाइन १०९८ लाई संखुवासभा, इलाम, धनुषा, बारा, कालिकोट र रुपन्देहीमा थप सञ्चालन गरेर उद्धार सेवालाई विस्तार गरेको हो । राष्ट्रिय बाल अधिकार परिषद्को सहयोगसहित ७ वटा संस्थासँगको सहकार्यमा यसअघि काठमाडौँ, मोरङ, मकवानपुर, बाँके, कास्की, कैलाली, […]