प्रधानमन्त्री दाहाललाई अमेरिकी विदेशमन्त्रीको समवेदना

प्रधानमन्त्री पुष्पकमल दाहालसंग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन।...

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाललाई अमेरिकी विदेशमन्त्रीको समवेदना - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको सो भेटमा विदेशमन्त्री लुले जीवनसङ्गिनीको निधन भएकामा प्रधानमन्त्री दाहाललाई समवेदना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा उनले प्रधानमन्त्री पत्नी सीता दाहालको तस्वीरमा माल्यार्पणसमेत गरेका थिए ।

दाहाल परिवारलाई भेटेर डोनाल्ड लूले प्रकट गरे समवेदना – देशसञ्चार

काठमाडौँ – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

काठमाडौँ- दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै छन् । लु आज नेपाल भ्रमण आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । दू...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै

काठमाडौँ- दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । जुलाई १४ मा लु नेपाल भ्रमण आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको दूतावासले जना...

शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै

वासिङटन । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन् । पूर्व प्रधानमन्त्री आबेको मृत्युमा जापानी जनताप्रति शोक प्रकट गर्न विदेशमन्त्री ब्लिन्केनले जापानको भ्रमण गर्ने जनाउँदै विदेश मन्त्रालयले त्यहाँ रहँदा उनले जापानका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने बताएको छ । संयुक्त राज्य अमेरिका–जापान गठबन्धन एसिया–प्रशान्त […]