अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधनमा शोक व्यक्त गरेका छन् । जो बाइडेनले आफ्नो र आफ्नी श्रीमती जिल बाइडेनको तर्फबाट ट्विटरमा सन्देश जारी गरेका छन्। उनले लेखेका छन्, ‘जिल र म प्रधानमन्त्री मोदीकी आमा हीराबेन मोदीको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। यस दुःखद घडीमा हाम्रो प्रार्थना प्रधानमन्त्री र उहाँको परिवारसँग छ।’ […]