टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई श्रदाञ्जली अर्पण गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन जापान आइपुगेका छन् । बिहान जापान प्रवेश गरेका एन्टोनीले प्रधानमन्त्री किसिदा फुमिओलाई भेटी अमेरिकाको तर्फबाट जापानका नागरिक र स्वर्गीय आबेका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै पत्र पठाएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । […]