तरलता अभावले थलियो ‘रियलस्टेट’

कोरोना भाइरसको महामारीकै बीचमा फस्टाएको ‘रियलस्टेट’को व्यवसाय अहिले भने थलिएको छ । गत वर्ष महामारीको अवधिमा हरेक महिना राजस्व संकलन र कारोबार संख्यामा रेकर्ड तोड्दै अघि बढेको रियलस्टेट व्यवसाय अहिले भने थला परेको छ । लकडाउनको समयमा लगानीका अरु क्षेत्रहरु बन्द प्रायः रहँदा धेरैले घरजग्गा र शेयर बजारमा लगानी थुपारेका थिए । यसैको कारण गत वर्ष शेयर बजार र घरजग्गा कारोबार उच्च बिन्दुमा पुगेको थियो । तर, अहिले वित्तीय प्रणालीमा तरलता अभावका कारण घरजग्गा कारोबार सुस्ताएको छ ।बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएका कारण व्यक्तिगत रुपमा स–साना कारोबार भइरहेपनि रेसिडेन्सियल तथा कमर्शियल कारोबार भने हुन सकेको छैन । तरलता संकटका कारण घरजग्गा कारोबार सिथिल बनेको हो । यसवर्ष भदौसम्म लकडाउनका कारण रोकिएको कारोबार मंसिरमा केही लयमा फर्किएको थियो । तर, अहिले पुनः मन्दी आउँदा कारोबार झण्डै ५० प्रतिशतले घटेको छ ।सरकारी नीति पनि बाधकराष्ट्र बैंकले घरजग्गाको कारोबारलाई अनुत्पादक क्षेत्र भनेको छ । घरजग्गामा हुने लगानीलाई अनुत्पादक क्षेत्रमा हुने लगानी मानेर सोही अनुसारको व्यवहार झेल्दै आएको भएर पनि अहिले धेरैको लगानी संकटमा पुगेको रियलस्टेट व्यवसायीहरु बताउँछन् । गत सिजनमा जस्तो शेयरबाट राम्रो आम्दानी गरेर घरजग्गामा लगानी गर्ने अवस्था अहिले नरहेकाले पनि रियलस्टेट व्यवसाय थला पर्ने जोखिम रहेको उनीहरुको गुनासो छ । आर्थिक गतिविधि बढ्नुपर्ने समयमा एकातिर तरलता अभाव र अर्कोतिर नेप्सेको ओरालो यात्राले घरजग्गा कारोबारलाई समेत प्रभावित बनाएको कतिपयको बुझाई छ । तरलता अभावले बैंकबाट घरजग्गा किन्न ऋण पाउन सम्भव छैन । यसको असर बैंकबाट ‘घर कर्जा’ लिएर घर–जग्गा खरिद गर्ने ग्राहकमा परेको व्यवसायीहरुको अनुभव छ । प्रोपर्टी बेच्ने बढे, किन्ने ग्राहक छैनन्रियलस्टेटका अनलाइन प्लेटफर्म (फेसबुक पेज, ट्वीटर आदि) मा व्यवसायिक प्रोपर्टी र ठूला आवासिय घरजग्गा बिक्रीको सूचना राख्नेहरु बढेका छन् । तर, किन्ने ग्राहक छैनन् । किन्ने ग्राहक पाउँन मुस्किल हुँदा सम्पत्तिको मूल्य पनि नबढी स्थिर अवस्थामा छ । यति मात्रै नभई, कतिपय घरजग्गा बैना गरेर पनि पैसा नहुँदा पास गराउन नसकिएको अनुभव पनि रियलस्टेट व्यवसायीहरुका छन् । मालपोतमा रोक्का, फुकुवा लगायतका कामहरु घटिरहेको मालपोत अधिकारी बताउँछन् ।

सम्बन्धित सामग्री

तरलता समस्याबारे यसो भन्छन् गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीयोग्य रकम (तरलता) अभाव रहेका कारण कर्जा तथा निक्षेपको ब्याजदर बढ्न सक्ने संकेत गरेका छन् । अधिकारीले तरलता अभावले निक्षेपको ब्याजदर वृद्धि हुँदा कर्जाको पनि बढिरहेको बताएका हुन् । उनले असार मसान्तसम्म औसत ८ दशमलव ८३ प्रतिशत रहेको कर्जाको ब्याजदर कात्तिक मसान्तसम्म ९ दशमलव १ प्रतिशत पुगेको बताए । ‘डिपोजिटको लागत बढेकाले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित छ । तर, राष्ट्र बैंकले ब्याजदर बढे पनि साना ऋणीलाई प्रोटेक्शन गर्ने नीति ल्याउनेछ,’ आइतवा...

तरलता अभावले उद्योगी समस्यामा : उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले वित्तीय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।उपाध्यक्ष श्रेष्ठले वित्तीय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका हुन् । उनले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रुपमा बढेको बताए […]

तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भयो : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं, पुष २२ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताउनु भएको छ । उपाध्यक्ष श्रेष्ठले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रुपमा बढेको बताउनुभयो । उहाँले नेपाली व्यवसायीलाई विश्वास गरेर विदेशीले उधारोमा सामान […]

तरलता अभावले निर्माण उद्योग संकटमा : महासंघ अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सिंहले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय...

तरलता अभावले ५० प्रतिशत घट्यो निर्माण सामग्रीको बिक्री

सिजनमै माग घटेपछि सिमेन्टको मूल्य बोरामा ५० र डन्डीको प्रतिकिलो ५ रुपैयाँले घट्यो बैंकहरूमा चुलिएको तरलता अभाव र सरकारले विकास खर्च गर्न नसक्दा यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको छ । आवासीय...

‘चर्को ब्याजदर र तरलता अभावले पलायन हुने अवस्था आयो’

बैंकको चर्को ब्याजदरसँगै तरलता अभावका कारण उद्योग व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको पूर्वका उद्योगी व्यवसायीहरूले बताएका छन् ।बैंकको ब्याज र सावा तिर्न नसकेर कतिपय उद्योगी व्यवसायीहरू भाग्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उद्योगी व्यवसायीहरूले कठिन अवस्थाको सामना गरिरहेको बताए । परिसंघ प्रदेश–१ अध्यक्ष […]

तरलता अभावले कर्जा प्रवाहमा समस्या

वित्तीय प्रणालीमा तरलता अभाव निरन्तर बढ्न थालेको छ ।चालु आर्थिक वर्षको अन्तिम दुई महिना अगाडीदेखि वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिँदै आएको हो । वित्तीय प्रणालीमा थप तरलता अभाव हुँदा कर्जा प्रवाहमा समस्या देखिएको छ । तरलता अभाव बढ्दै गएकाले बैंकहरुको (कर्जा–निक्षेप अनुपात) सीडी रेसियो ९७ प्रतिशत पुग्न थालेको छ भने औसत रेसियो नै ९१ […]

तरलता अभावले सेयर बजारमा गिरावट

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) अभाव बढेसँगै सेयर बजार पनि प्रभावित भएको छ । तिहार बिदापछि खुलेको बजारमा दुई दिनमै करिव एक सय अंकको गिरावट आएको छ ।नेपाली सेयर बजार परिसूचक (नेप्से) सोमबार १९ अंकले घटेकोमा मंगलबार ७९ अंकले घटेको छ । मंगलबार नेप्से सूचकसँगै समूहगत परिसूचक पनि ओरालो लागेका छन् । यसदिन […]