यसरी बन्छ गण्डकी प्रदेशमा नयाँ सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका हुन् ।  आफूविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर सोमबार मतदान हुने कार्यसूची रहेको बेला उनले पदबाट राजीनामा दिए । राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्दै संविधानको धारा १६८ (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छन् । संविधानको यो धाराअनुसार अब प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभ...

सम्बन्धित सामग्री

गण्डकीमा अब कस्तो सरकार बन्ने हो?

पोखरा। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजिनामापछि गण्डकी प्रदेश सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार जसले बहुमत पुर्‍याउन सक्छ सोही दलको नेता मुख्यमन्त्रीमा नियुक्त हुनेछन्। तर प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन्।

गण्डकी प्रदेश: परिवर्तन होला त गण्डकी प्रदेश सरकार ?

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा एमालेको २८ सदस्य रहेको छ। त्यस्तै कांग्रेसको १५, माओवादी केन्द्रको १२, राष्ट्रिय जनमोर्चा ३ र राजपाको २ सांसद रहेको छ। जनमोर्चा वर्तमान सरकारको पक्षमा उभिए यो सरकारले निरन्तरता पाउँछ। होइन भने कांग्रेस, माओवादी, राजमो र जसपाको संयुक्त सरकार बन्छ। त्यसका लागि कांग्रेसले पहल थालिसकेको छ।