गण्डकीमा अब कस्तो सरकार बन्ने हो?

पोखरा। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजिनामापछि गण्डकी प्रदेश सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार जसले बहुमत पुर्‍याउन सक्छ सोही दलको नेता मुख्यमन्त्रीमा नियुक्त हुनेछन्। तर प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन्।

सम्बन्धित सामग्री

गण्डकीका नयाँ मुख्यमन्त्रीः अधिकारी कि चुमान ?

केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत पाए पनि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने अन्योल छ। गण्डकीमा नयाँ गठबन्धनलाई बहुमत पुर्‍याउन सकस देखिन्छ।...

गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी, बन्लान् त नयाँ मुख्यमन्त्री ?

काठमाडौँ- गण्डकी प्रदेशमा नेकपा एमालेबाट संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आइतबार भएको सांसदको भेलाले अधिकारीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । योसँगै उनी गण्डकीको मुख्यमन्त्रीको दाबेदारसमेत बनेका छन् । यसअघि कांग्रेस गठबन्धनमा रहेको माओवादी एमालेतिर मिलेसँगै गण्डकीमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको हो । गण्डकीमा एमालेको २२ र माओवादीको […]

पृथ्वीसुब्बाले भने : गण्डकीमा अबको मुख्यमन्त्री पनि लमजुङबाटै

२४ असोज, पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको अबको मुख्यमन्त्री आफ्नै गृह जिल्ला लमजुङबाट बन्ने बताएका छन् । गण्डकीको मुख्यमन्त्री बन्ने योजनाका साथ लमजुङ प्रदेश सभा ‘ख’ बाट प्रदेशसभामा उम्मेदवार बन्न चाहेका गुरुङले प्रतिनिधिसभाकै टिकट पाए । पृथ्वीसुब्बाले दाबी गरेको क्षेत्रमा काठमाडौं डेलिगेसन गएरै कृष्ण अधिकारीले टिकट हात पारेको लमजुङका नेताहरु बताउँछन् […]

रामचन्द्र पौडेल भन्छन्– गण्डकीमा जस्तै केन्द्रमापनिआफूपक्षीय एउटै उम्मेदवार

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा जस्तै केन्द्रमापनिआफूपक्षीयएकजनामात्रउम्मेदवार बन्ने दाबी गरेका छन्। गण्डकीमा सभापतिका ६ आकांक्षीलाई घटाएर एउटामा सीमितपार्न सकिएकामाउत्साहित देखिएकापौडेलले शनिबार प्रदेश समितिचयनकालागि मतदानपछि सञ्चारकर्मीसँग यस्तो दाबी गरेकाहुन्...

गण्डकीमा जसपाका २ सांसद, दुवै मन्त्री

पोखरा। गण्डकीमा जनता समाजवादी पार्टीका दुवै सांसद मन्त्री बन्ने भएका छन्। अर्थसहित २ मन्त्रालय दिन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल सहमत भएको बताइएको छ। सांसद हरिशरण आचार्य मन्त्री भईसकेका छन् भने अर्का सांसद धनमाया पोखरेल लामा पनि मन्त्री बन्ने भएकी छन्।

गण्डकीमा किचलो सुरु : दुई वटा मन्त्रालय नपाए सरकारमा नजाने जसपाको घुर्की

गोरखा : कांग्रेस नेतृत्वमा बन्ने गण्डकी प्रदेशको नयाँ सरकारमा गठबन्धनका दलहरूमा मन्त्रालय बाँडफाँटमा विवाद उत्पन्न भएको छ।कुन दलबाट कति जना सांसदहरूलाई आज सपथ खुवाउने भन्ने टुंगो नलाग्दा दलहरूबीच विवाद सुरु भएको हो।गण्डकीमा गत जेठ ६ गते निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय बढाएर ११ वटा बनाएका थिए। त्यसअघि गण्डकीमा मुख्यमन्त्रीको मन्त्रालयसहित ७ वटा मन्त्रालय रहेको थियो।आज संविधानको धारा १६८ (५) अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन

गण्डकीमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुल्यो

गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएसँगै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको हो ।  बिहीबार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेर ढलेको थियो ।मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । मनाङले  मन्त्री पदबाट राजीनामा दिएर सघाउने घोषणा गरेपछि ३१ मत पुगेको छ । यससँगै गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत पुगेको छ । योसँगै संविध

जसपा गण्डकीमा बहस : मध्यावधि चुनाव कि सरकार ?

२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी, गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्न नसक्ने अवस्था भए नेकपा एमालेको नेतृत्वको सरकारमा जाने कि मध्यावधि भन्ने बहस सुुरु भएको छ । प्रदेशसभामा जसपाका दुई सांसद छन्, जो विपक्षी गठबन्धनमा छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना बढेको छ । तर थापाले दायर […]

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो ।मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै काँग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारेका छन् ।राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पटक–पटकको छलफलमा पनि सांसद थापाले हस्ताक्षर गर्न नमानेको बताए । त्यसो त पार्ट

गण्डकीमा एमालेकै सरकार बन्ने, जनमोर्चाका दुई सांसदले साथ दिने

काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशमा फेरि नेकपा (एमाले) को नेतृत्वमा सरकार बन्ने भएको छ । राष्ट्रिय जनमोर्चाका तीनमध्ये दुई सांसद कृष्ण थापा र खिमविक्रम शाहीले एमालेलाई सघाउने भएका छन् । सचेतक पियारी थापा भने कांग्रेस–माओवादी केन्द्रको गठबन्धनको पक्षमा छिन् । यो सँगै पृथ्बीसुब्बा गुरुङ भोलि मुख्यमन्त्री बन्ने पक्का भएको छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर […]