गण्डकी प्रदेश: परिवर्तन होला त गण्डकी प्रदेश सरकार ?

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा एमालेको २८ सदस्य रहेको छ। त्यस्तै कांग्रेसको १५, माओवादी केन्द्रको १२, राष्ट्रिय जनमोर्चा ३ र राजपाको २ सांसद रहेको छ। जनमोर्चा वर्तमान सरकारको पक्षमा उभिए यो सरकारले निरन्तरता पाउँछ। होइन भने कांग्रेस, माओवादी, राजमो र जसपाको संयुक्त सरकार बन्छ। त्यसका लागि कांग्रेसले पहल थालिसकेको छ।