राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत गोविन्द पोखरेललाई प्यूठान छाड्न निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले प्यूठानका प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता विपरित गतिविधिमा संलग्न भएको आरोपमा पोखरेललाई तुरुन्त जिल्ला छाड्ने वातावरण बनाउन पत्र काटेको हो। आयोगले पोखरेललाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ। निर्वाचन आयोगले सार्वजनिक पद धारण गरेर पार्टीको गतिविधिमा संलग्न हुनुलाई आचारसंहिता उल्लघंनको रुपमा…