वर्षाको समय नजिकिएसँगै रुकुम (पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समतिकिो बैठकले रुकुम (पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम (पूर्व) मा विशेष गरी वर्षाको समयमा पहिरो र बाढी जस्ता मनसुनजन्य घटनाहरु उल्लेख्य हुने गरेको पाइन्छ । यो समयमा पहिरो, हावाहुरी तथा पूर्व जोखिम मूल्याङ्कन नगरी खनिएका सडकका कारण पहिरो जाने अवस्था छ । पहिरोको कारण मुख्य राजमार्गको साथै सहायक सडकसमेत अवरुद्ध भई या