विराटनगर : प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले आह्वान गरेका हुन्।‘धारा १६८ को उपधारा (१) अनुसार प्रदेश नम्बर १ को प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न