डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी रंगशालामा शनिबार उद्घाटन खेलमा पाहुना टोली एभिनियर एफसी क्यामरुनलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सगरमाथाले अन्तिम ४ मा स्थान बनाएको हो ।