योग गुरु रामदेव र इन्डियन मेडिकल एशोसियसन (आईएमए) बीच आयुर्वेद र एलोपेथिक औषधीसहित विविधि विषयमा आरोप–प्रत्यारोप चलिरहेको छ । यसैबीच आइएमएले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै रामदेवले खोपका विषयमा गरेको गलत सूचनाको प्रचार रोक्न माग गरेको छ । खोपको दुबै डोज लिइसकेका १० हजार डाक्टर र लाखौं मानिस मरेको दाबी एक भिडियोमा रामदेवले गरेका थिए । आईएमएले उनीविरुद्ध देशद्रोहको अभियोग लगाइनुपर्ने जनाएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा रामदेवले एलोपेथिक चिकित्सालाई मुर्