स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शुक्रवार विज्ञप्ति जारी गर्दै बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि भएको घटनाको भत्र्सना गर्दै घटनामा संलग्नलाई कारवाही गर्न माग गरे ।
उनले घटनामा संलग्नलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि (सहित) ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धि ऐन २०६६ अनुसार कडाभन्दा कडा कारवाही गर्न माग गरे ।
...