काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको बजार कहाँ होला भनेर चिन्ता नगर्न लगानीकर्तालाई आग्रह गर्नुभएकाे छ । आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले परियोजनामा लगानी जुटाउने उद्देश्यले आयाेजना गरेकाे बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममा उहाँले विद्युत् निर्यातको बाटो सरकारले खोलिसकेको बताउनुभयो ।
मन्त्री भुसालले बिजुली निर्यात बढाउनका लागि भारतसँग राजनीतिक र कुटनीतिक हिसाबले संवाद भइरहेको बताउनुभयो । उहाँले निर्यात बढाउनका लागि वातावरण सकारात्मक ...