ऊर्जामन्त्री पम्फा भुसालले नुवाकोटमा त्रिशुली थ्री ए को प्रशारण लाइनमा हिँड्ने ब्यक्तिको उद्धारमा सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेकी छन् । मन्त्री भुसालले विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गर्न आग्रह गरेकी हुन् ।प्रसारण लाइनमा हिँड्ने व्यक्तिको उद्धारका लागि सेनालाई आग्रह गरिएको जानकारी दिँदै मन्त्री भुसालले सामाजिक सञ्जालमा लेखेकी छन् : ‘नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा रहेका ब्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको