अमेरिका सबै ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी) मा २० जनवरीमा हुने ‘इनगरेशन’ अघि सुरक्षा कडा पारिएको छ । यसै समारोहमा जो बाइडेनले राष्ट्रसित पदको शपथ लिनेछन् । सम्भावित हिंस्रक विरोध प्रदर्शनका कारण सबै राज्य अलर्टमा छन् । ६ जनवरीमा भएको हिंसात्मक प्रदर्शन पुनः पैदा नहोस् भनेर देशभरी नेशनल गार्डको समूह वासिङ्टन पठाइएको छ । एफबीआईले पनि सबै ५० राज्यको राजधानीमा ट्रम्प समर्थक प्रदर्शनकारीद्वारा सम्भावित सशस्त्र आन्दोलनको चेतावनी दिएको छ । डीसीमा नेशनल मललाई बन्द गरिएको