दाङ । हावाहुरीका कारण लुम्बिनीका मन्त्रीको शपथ समारोह अवरुद्ध भएको छ । हावाहुरीले मञ्चको छाना उडाएपछि शपथ समारोह अवरुद्ध भएको हाे । आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह ३ बजेसम्म पनि सुरु हुन सकेकाे छैन । दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो ।