पराजित भएपछि कमल थापाले बहिस्कार गरे शपथ समारोह

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित शपथ कार्यक्रम थापाले बहिस्कार गरेका हुन् । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापा महाधिवेशनको समापन कार्यक्रममा अनुपस्थित भएका हुन् । आइतवार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लिङ्देनले शपथ लिएर केन्द्रीय सदस्यहरुलाई शपथ गराएका छन् । कमल थापा निकट केही केन्द्रीय सदस्यले पनि शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।