केपी ओली नेतृत्वको सरकारलाई हेर्ने जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको दृष्टिकोण फरक भएपछि पार्टीमा विवाद निम्तिएको खबर नागरिक दैनिकमा छापिएको छ । सो पार्टी अहिले फुटको संघारमा रहेकाे छ ।
केपी ओली जसपालाई साथमा लिएर सरकार टिकाइराख्ने दाउमा छन्। जसपामा ठाकुर ओली निकट देखिएका छन् भने यादव ओलीसँग कुनै पनि हालतमा सहकार्य गर्न नहुने पक्षमा उभिएका छन्।
ठाकुरको मागअनुसार जसपाका विभिन्न तहका नेताहरूमाथि लागेका मुद्दा सरकारले फिर्ता लिएको छ। ठाकुर पक्षले ओली नेतृत्वको सरकारविरुद्ध नउभिन...