अफगानिस्तान युद्ध अन्त्यपछि अमेरिकी राष्ट्रपतिले के–के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ‘हतार गरेको’ भन्ने स्वदेश तथा विदेशी आलोचनाका बीच अगस्त ३१ मा अफगानिस्तानबाट सम्पूर्ण सेना फिर्ता गर्ने आफ्नो कदमको बचाउ गरेका छन् । अफगानिस्तानबाट सेना फिर्ता भएको भोलिपल्ट राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडनले आफू र आफ्नो प्रशासनले कसरी सेना फिर्ती र उद्धार कार्य सम्हाले...

सम्बन्धित सामग्री

अमेरिकालाई कति महँगो बन्यो अफगानिस्तान युद्ध ?

३२ साउन, काठमाडौं । तालिबानले अफगानिस्तानमा पुनः कब्जा जमाएको छ । सन् २००१ मा अमरिकाको आक्रमणपछि सत्ताबाट च्यूत भएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानमा कब्जा जमाएको हो । अमेरिकी सेनाले २० वर्षसम्म अफगानिस्तानमा लडाइँ गर्‍यो । यो क्रममा अमेरिकाले अर्बौं डलर खर्चिएको थियो । अमेरिकाले सन् २०११ मा अफगानिस्तानमा सबैभन्दा धेरै एक लाख १० […]

अफगानिस्तान युद्ध : काबुल कब्जासँगै तालिबानद्वारा विजय भएको दाबी

काठमाडौँ । तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेसँगै युद्ध जितेको दाबी गरेको छ । लामो समयको सङ्घर्षपछि सत्ता कब्जा गर्न तालिबान समूह सफल भएको हो । २० वर्षदेखि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता भएसँगै तालिबान समूहले अफगानिस्तानको सत्ता प्राप्त गरेको छ । अफगानिस्तानका मुख्य सहरहरू कब्जा गर्दै बाँकी रहेको राजधानी काबुल आइतबार आफ्नो कब्जामा लिन […]

अफगानिस्तान युद्ध  : ट्रम्पले मागे बाइडेनको राजीनामा

काठमाडौँ- अफगानिस्तान मामिलामा असफल भएको भन्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन् । अमेरिकी सेनाको बहिर्गमन योजनामा सुझबुझ नपनाउँदा अफगानिस्तान अस्तव्यस्त भएको बताउँदै ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा जसलाई उनले अनुमति दिए, त्यस अपमानका लागि उनले राजीनामा दिन जरुरी छ।’ आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन कूशलतापूर्वक गर्ने उनले दाबी […]

अफगानिस्तान युद्ध १ सातामै जित्न सक्छु, तर १ करोड मानिस मार्न चाहन्नःट्रम्प

लगभग १८ वर्षदेखि तालिबानसँग चलिरहेको युद्ध समाप्त गर्नका लागि सम्झौता गर्न तयार भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो धारणामा परिवर्तन गर्दै अफगानिस्तानमा शान्ति वार्ता अगाडि बढाउनका लागि पाकिस्तानले गरेको सहयोगको प्रशंशा गरेका छन् । तर ओभल अफिसमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँगको भेटघाटको समयमा डोनाल्ड ट्रम्पले धम्की पनि दिएका थिए । उनले आफ्नो शक्तिको प्रयोग गरेर केही दिनमै संघर्ष अन्त्य गर्न सक्ने धम्की दिएका थिए ।