अफगानिस्तान युद्ध १ सातामै जित्न सक्छु, तर १ करोड मानिस मार्न चाहन्नःट्रम्प

लगभग १८ वर्षदेखि तालिबानसँग चलिरहेको युद्ध समाप्त गर्नका लागि सम्झौता गर्न तयार भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो धारणामा परिवर्तन गर्दै अफगानिस्तानमा शान्ति वार्ता अगाडि बढाउनका लागि पाकिस्तानले गरेको सहयोगको प्रशंशा गरेका छन् । तर ओभल अफिसमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँगको भेटघाटको समयमा डोनाल्ड ट्रम्पले धम्की पनि दिएका थिए । उनले आफ्नो शक्तिको प्रयोग गरेर केही दिनमै संघर्ष अन्त्य गर्न सक्ने धम्की दिएका थिए ।