काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक ज्ञान र प्रेरणाका पुञ्ज भएको बताएकी छिन्।दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्ने बताएकी हुन्।‘ज्येष्ठ नागरिकले जीवनभरको संघर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्दछ’, उनले भनेकी छिन