साउदी अरबलाई उछिन्दै रुस बन्यो चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता मुलुक

काठमाडौँ- चीनले मे महिनामा रूसबाट कच्चा तेल आयातमा वृद्धि गरेको छ । पश्चिमा मुलुकहरूले युक्रेनमा जारी आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ । रुसले युरोप तर्फ आपूर्ति हुने तेललाई अन्य क्षेत्रमा विस्तार गर्ने नीति रहेको जनाइएको छ । यससँगै साउदी अरबलाई उछिन्दै रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता मुलुक […]

सम्बन्धित सामग्री

भारतमा रुसी तेल आयात अहिलेसम्मकै उच्च, जनवरीमा ल्याइयो कुल खपतको २७ प्रतिशत

काठमाडौं । भारतमा रुसी तेल आयात यसअघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । जनवरीमा भारतले दैनिक ५० लाख ब्यारेलभन्दा धेरै कच्चा तेल किनेकोमा रुसबाट किनेको हिस्सा १४ लाख ब्यारेल छ । यो जनवरीमा गरिएको तेल आयातको २७ प्रतिशत हाे ।  मर्मतसम्भारका बेलामा प्रशोधन कारखाना बन्द गर्नुपर्ने भएकोले सरकारले तोकेको लक्ष्य पूरा गर्न सरकारी तेल प्रशोधन कम्पनीहरूले डिसेम्बर र जनवरीमा ठूलो परिमाणमा तेल आयात गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता र खपतकर्ता हो । रुसले भारी छूटमा तेल बेच्न थालेपछि भारतले रुसी तेलको आयात बढाएको हो । रुसको तेलमा पश्चिमा देशहरूले प्रतिबन्ध लगाएपछि उसले भारी छूटमा तेल बेच्न थालेको हाे । प्रतिबन्धअघि भारतले रुसबाट कुल खपतको १ प्रतिशत मात्रै तेल खरिद गर्थ्यो ।  गएको महीना शाखलिन १ बाट मात्रै रुसी बेञ्चमार्क सोकोलको आयात दैनिक १ लाख ९ सय ब्यारेलको उचाईमा उक्लिएको थियो । जनवरीमा भारतले क्यानडेली तेल आयात पनि दैनिक ३ लाख १४ हजार ब्यारेलमा पुगेको छ । जनवरीमा संयुक्त अरब इमिरेट्सपछि क्यानडा भारतको पाँचौ ठूलो तेल आपूर्तिकर्ता बनेको छ । इराकी तेल आयात पनि सात महीनाकै उच्च स्तरमा उक्लिएको छ । चालु आवको अप्रिलदेखि जनवरीसम्ममा इराक सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । रुस साउदी अरबलाई उछिनेर दोस्रो ठूलो तेल आपूर्तिकर्ता बनेको छ । रुसबाट तेल आयात धमाधम बढिरहँदा मध्य पूर्वबाट तेलको आयात घटेर कूलमा ४८ प्रतिशतमा ओर्लिएको छ । ओपेकको तेल आयात पनि कीर्तिमानी न्यून स्तरमा झरेको छ ।एजेन्सी

रूस र युक्रेनको तनावले इन्धनको मूल्य वृद्धि हुने प्रक्षेपण

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको हो । दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।युक्रेन र रुसबीच जारी संकटको दूर

रुस र युक्रेनको तनावले कच्चा तेलको मूल्य वृद्धि, १ सय डलर पुग्ने अनुमान

दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको छ । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।