नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद सुदन किरातीले नेताहरुको आचरणले राजनीति विद्रुपिकरण भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको दोस्रो दिन आफ्नो धारणा राख्नेक्रममा किरातीले लोकतन्त्र मान्छेको जीवन पद्दति हुन नसक्दा धेरै समस्या भइरहेको बताए ।‘हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो । लोकतन्त्र मानिसको जीवन पद्दति हुन सकेन’ किरातीले भने, ‘चिनिया उखान छ, आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन । पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँद