लुम्बिनी, २० मंसिर । नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् । श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै नगरी सेवाग्राहीलाई नै असर पर्ने […]
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छापामार शैलीमा सरकारले निर्वाचनको मिति घोषणा गरेको टिप्पणी गरेका छन् । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
यद्यपि, उनले निर्वाचनको...
काठमाडौं, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह विभाजित भएसँगै दुई पक्षले चुनावमा फरक गतिविधि गर्न थालेका छन् । चुनावमा भाग लिने विषयमा विभाजित भएको नेकपा फरक रणनीतिका साथ अगाडि बढेका हुन् । विप्लव समूह छापामार शैलीमा चुनावमा भाग लिइरहेको छ । यसले विभिन्न दलमा आफ्ना कार्यकर्ता घुसाएर चुनाव लडाएको छ भने कतिपय ठाउँमा […]
काठमाडौं, १५ वैशाख । स्थानीय चुनावमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले न त प्रत्यक्ष भाग लिएको छ न त बहिष्कारको घोषणा नै गरेको छ । चुनावको विषयले समूह विभाजित पनि भएको छ । तर, विप्लव समूह विभिन्न पार्टीमा घुसेर छापामार शैलीमा चुनावमा भाग लिइरहेको खुल्न थालेको छ । विप्लव समूहका कार्यकर्ताहरु काठमाडौं उपत्यका […]
नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव छापामार शैलीमा आएको बताएका छन् । यो घटनासँगै एमालेले नेता तथा सांसदहरुलाई काठमाडौं आउन भनेपछि विराटनगरबाट राजधानी आउन लागेका खरेलले रातोपाटीसँग भने, ‘यो प्रस्ताव छापामार शैलीमा आयो, महाभियोग जस्तो विषय खुला छलफल गरेर अगाडि बढाइनुपर्थ्यो ।’एमालेले संसदीय दलको बैठकमा यस विषयमा छलफल गर्ने पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले रातोपाटीलाई बताए ।
जनता समाजवादी पार्टीले प्रदेश २ को कार्यालयमा अख्तियारले छापामार शैलीमा छापा मारेको आरोप लगाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै जसपाले ‘‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो लोकप्रीय कार्यक्रमलाई बदनाम गराउने...
सरकारले छापामार शैलीमा बजेट प्रतिस्थापन गर्ने विधेयक संसद्मा पेस गरेको भन्दै एमालेले आपत्ति जनाएको छ।
पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुख अग्नि सापकोटाले पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले संसद् अवरोध गरिरहेको छ।
एमालेको अवरोधबीच शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस भएको थियो। ‘संसदीय मूल्य मान्यताविपरीतका काम भएका छन्, प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘संसद्मा हाम्रो पार्टीको विरोध जारी रहन्छ।’
संसदीय प्रक्रिया पूरा नगरी छापामार शैलीमा ब...
नेकपा एमालेले सरकारले छापामार शैलीमा प्रतिस्थापन बजेट ल्याएको बताएको छ ।
शनिवार बसेको स्थायी कमिटीको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले बलमिच्याइँ गरेर प्रतिस्थापन बजेट ल्याएको बताए ।
‘अघिल्लो सरकारले समावेश गरेका लोकप्रिय कार्यक्रमहरू कटौती गर्ने काम भएको छ,’ उनले भने, ‘हचुवाका भरमा नयाँ आयोजनाहरू समावेश गरिएको छ ।’
यससम्बन्धी आपत्ति र विमति रहेको जनाउँदै भट्टराईले पार्टीले आधिकारिकता धारणा चाँडै सार्वजनिक गर्ने जानकारी दिए ।
३२ साउन, काठमाडौं । नेकपा एमालेले सरकारले छापामार शैलीमा संघीय संसद् अधिवेशन अन्त्य गरेको आरोप लगाएको छ । राष्ट्रियसभाका एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले संसद् अन्त्यबारे कुनै सल्लाह नगरिएको बताए । ‘हामीलाई थाहा समेत दिइएन । कुनै सल्लाह गरिएन । छापामार शैलीमा संसद् अन्त्य गरियो’, भट्टराई भन्छन् । छापामार शैलीमा संसद् अन्त्य गरेर सरकारले अनुचित […]
काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव ल्याउने भित्री सहमति बनेको बुझिएको छ । त्यसको कार्यान्वयनका लागि छापामार शैली अपनाइने रणनीति बनेको बुझिएको छ । कुनैपनि बेला समावेदन दर्ता गरी अविश्वासको प्रस्ताव विशेष अधिवेशनमा दर्ता गरिने […]