गर्मीयाममा स्वीमिङ पुल भन्नेबित्तिकै धेरैलाई नुहाउन पसिहालौं जस्तो होला । त्यसैमाथि दिनभर खेलेर थाकेका खेलाडीहरूलाई त स्वीमिङ पुल आराम गर्ने उपाय पनि हुनसक्छ । तर, देशकै ठूलो दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् भवनको पछाडि रहेको स्वीमिङ पुलको अवस्था भने अस्तव्यस्त छ ।उखर्माउलो गर्मीमा स्वीमिङ खेल्न जानेहरूले स्वीमिङ पुलमा नीलो पानीको सट्टा थोत्रा गाडी, कुर्सीहरू, ट्यांकी, जस्तापातालगायत फलामले भरिएको थुप्रो देख्छन् ।